2026-10-16 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी प्रकरण: म्यानपावर संचालकको बयान, अन्तर्वार्तामा साउदी कन्सुलरको संलग्नता स्वीकार

मनोज पराजुली | असार ५, काठमाडौँ  | बैदेशिक रोजगार विभागले डिमाण्ड पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिने दुई म्यानपावर कम्पनी संचालकसँग बयान लिएको छ । 

मिता इन्टर्नेशनल प्रा. लिका संचालक र फजल इन्टर्नेशनल प्रा. लि कर्मचारीसंग मौखिक बयान लिइएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । म्यानपावर संचालकलाई नै उपस्थित हुन पत्र काटिए पनि फजल इन्टर्नेशनलका संचालक विभाग उपस्थित नभएको महानिर्देशक भुसालले बताए । 

आज हामीले दुई कम्पनीसंग मौखिक बयान लिएका छौं, महानिर्देशक भुसालले भने ‘भोलि नै दुवै कम्पनीका संचालकलाई लिखित पत्रका साथ उपस्थित हुन निर्देशन दिएका छौं।’ तीन म्यानपावर कम्पनी संलग्न भनिए पनि अल हायात म्यानेजमेन्ट कम्पनीको संलग्नताबारे प्रमाण जुटाउने कार्य भैरहेको उनले बताए । 

विभाग टोलीले हिजो बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको थियो । हिजो विभाग टोलि पुग्दा दुतावासको गाडी नै लिएर अन्तर्वातास्थल परिसरमा साउदी एम्बेसीका कसुलर महम्मद अल खुजुरी र सदिक अलि मु पनि उपस्थित थिए । दुतावासका कन्सुलर भएको बताउंदै उनीहरुले पत्रकालाई समेत फोटो खिच्न रोक लगाएका थिए । 

अन्तर्वार्ता स्थलमा साउदी दूतावासका कन्सुलर संलग्न भएको म्यानपावर संचालकले स्वीकार गरेका महानिर्देशक भुसालले बताए । कन्सुलरको संलग्नता बारे म्यानपावर संचालकसंग लिखित बयान लिएर परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाउने तयारी गरिएको उनले बताए । 

डिमाण्डको पुर्व स्वीकृति नै नलिई हजार भन्दा बढी नेपाली श्रमिकलाई साउदीमा हजयात्रा अवधिभरीको लागि मात्र लेवर कार्यको लागि खटिने गरि अस्थाई भिषामा पठाउन लागेपछी विभागले छापा मारेर थप अध्ययन गरिरहेको छ। यस अघि पनि त्यस्तै प्रकितिको कार्यमा साउदी ग्राउण्ड सर्भिसले ३ सय भन्दा बढी कामदार साउदी पुर्याएर २ महिनामा नै कामदार नेपाल फर्किएको  खुल्न आएको छ। साउदी ग्राउण्ड सर्भिस कम्पनीलाई कारोबार रोक्का राखी कारवाही प्रक्रिया अगाडी बढाउँ विभागमा निवेदन परेपनि कुनै सुनुवाई नभएको बताइएको छ ।

सम्बन्धित समाचार: 

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु