2026-10-16 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : कमल तामाङलाई संघको अध्यक्षमा उम्मेद्वार बनाउने फोरमको निर्णय

मनोज पराजुली। असार ५, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्ष पदको लागि कमल तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । विहिबार बसेको फोरमको बहुमत कार्यसमितिको बैठकको निर्णय अनुरुप व्यवसायी कमल तामाङलाई अध्यक्षमा उठाउने निर्णय भएको फोरमका अध्यक्ष हंशराज वाग्लेले साझा सबाललाई जानकारी दिए ।

विधानको प्रक्रिया बमोजिम बहुमत कार्य समितिको उपस्थितिमा बहुमतले सर्वसम्मत निर्णय गरि अध्यक्षका लागि तामाङलाई चयन गरिएको छ वाग्लेले भने ‘बाँकि पदाधिकारीहरुको चयन भोलि/पर्सि भित्रै गरेर अगाडी बढ्छौं।’  फोरमको बैठकको निर्णय बमोजिम आँफुलाई संघको अध्यक्ष पदमा उम्मेद्वारी दिन आधिकारिक पत्र प्राप्त भएको कमल तामाङले जानकारी दिए।

यस अघि गत जेठ ३० गते फोरमले आगामी निर्वाचनका लागि उम्मेद्वारी  दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको थियो । सो अनुरुप अध्यक्ष पदका लागि कमल तामाङ, भुवन गुरुङ, विष्णु गैरे लगायतको चर्चा हुँदै आएको थियो । संघका अध्यक्षका लागि चयन भएका तामाङ संघका पुर्व महासचिव, फोरमका पुर्व सल्लाहाकार, नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।

व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ जसअनुरुप आगामी असार ३० गते संघ कार्यसमितिको कार्यकाल सकिंदैछ।

सम्बन्धित समाचार 

बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी आह्वान

म्यानपावर व्यवसायीको चुनाव: नेकपा निकटले बहिष्कार गर्ने, कांग्रेस निकटको उम्मेद्वारी !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु