2026-09-25 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी प्रकरण : ७ करोडको खेल, विभाग र दुतावासको भूमिका नै शंकामा !

मनोज पराजुली | असार ८, काठमाडौँ  | बैदेशिक रोजगारीको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै कामदारबाट अन्तर्वार्ता गराएर तीन म्यानपावर कम्पनीले ७ करोड ८२ लाखसम्म अशुल गर्न लागेको खुलेको छ। 

मिता इन्टर्नेशनल, फजल इन्टर्नेशनल र अल हायात म्यानेजमेन्टले प्रतिकामदार १० हजार अग्रिम अशुल गर्दै अन्तर्वार्तामा समावेस गराएको अन्तर्वार्तास्थलमा केहि पीडित कामदारहरुले बताएका छन् । अन्तर्वार्तामा पास भएपछि थप ३५ हजार सहित प्रतिकामदार ४५ हजारसम्म लिएर कामदार साउदी पठाउन अन्तर्वार्तामा बोलाइएको कामदारहरुले बताएका छन् । 

उक्त म्यानपावर कम्पनीहरुले नेपालबाट ११ सय ६५ जना पठाउनको लागि अन्तर्वार्ता लिंदै गरेका उनीहरुले बताएका थिए। सो अनुरुप कामदारले बुझाउने ४५ हजारका दरले हिसाब गर्दा पनि ५ करोड २४ लाख हुन आउँछ। त्यस्तै साउदीको कम्पनीले प्रतिकामदार पठाएबापत २ सय डलर म्यानपावर कम्पनीलाई पठाउने सहमति अनुरुप अन्तर्वार्ता लिइएको श्रोतको दावी छ । कामदारबाट म्यानपावर कम्पनीले लिने प्रति कामदार ४५ हजार  र रोजगारदाताले कमिसन बापत प्रति कामदार पठाउने २ सय डलरका दरले हिसाब गर्ने हो भने ७ करोड ८२ लाख भन्दा बढी कमाउन अबैध तरिकाले चलखेल भएको श्रोतको दावी छ ।  

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

विभाग र दुतावासलाई नै प्रभावमा पारेर छोटो समयमै करोडौं रकम कमाउन सकिने र सो रकमबाट नै परिचालन गरि ३५ दिनका लागि कामदार साउदी पुर्याउने योजना रहेको श्रोतले दावी गरेको छ। 

 

बैदेशिक रोजगार विभाग टोलीले गत मंगलबार बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको थियो । डिमाण्डको पुर्व स्वीकृति नै नलिई हजार भन्दा बढी नेपाली श्रमिकलाई साउदीमा हजयात्रा अवधिभरीको लागि मात्र (लेवर कार्य) को लागि खटिने गरि लैजान अन्तर्वार्ता लिंदै गरेको विभागले ठहर गरेको छ। असार ३/४/५ गते तीन दिनसम्म अबैध अन्तर्वार्ता लिएको बारे जानकार हुँदा हुँदै पनि कारवाही प्रक्रिया शुरु नगरेको श्रोतले दावी गरेको छ तर अन्तर्वार्तास्थलमा नै पुगेर विभिन्न मिडिया मार्फत घटनाको जानकारी बाहिर आउन थालेपछि विभाग टोलीले अन्तिम दिन ५ गते छापा हानेको थियो ।

म्यासेजमा के छ ?

फजल म्यानपावरले एजेन्ट तथा कामदारलाई पठाएको म्यासेज अनुसार साउदी हजम तीन महिनाको लागि रोजगारीको अवसर उल्लेख छ । जस अनुरुप तलब १५ सय साउदी रियाल र खाना उपलब्ध हुने उल्लेख छ । साथै मेडिकल नचाहिने भन्दै मेडिकल अनफिटको लागि गोल्डेन अवसर भने म्यासेज पठाईएको थियो । २१ देखि ३५ वर्षकाहरुले अन्तर्वार्तामा सहभागी हुनसक्ने भन्दै लागत ४० हजार तोकेर सम्पर्क नम्बर सहित एजेन्ट तथा कामदारहरुलाई म्यासेज गरिएको पाइएको छ। 

ठगीको निरन्तरता 

मित्ता इन्टर्नेशनलले साउदीको साउदी ग्राउण्ड सर्भिस कम्पनीमा लेवर कामको लागि १९३९६९ लट नम्बरमा ७ सय ९ जनाको डिमाण्ड सन् २०१७ अगष्ट १३ मा पुर्व स्वीकृति लिएको थियो । सो कम्पनीले २ वर्षको करार भन्दै साउदी लगेर ४५ दिनमा कामदार नेपाल फर्काएको पाइएको छ। सोहि कामको १५ हजार तिरेर साउदीमा ४५ दिन काम गरेर नेपाल फर्किन बाध्य भएको एक  कामदारले साझा सबाललाई बताए।  हजयात्रीका समान बोक्ने काम थियो उनले भने ‘दैनिक १२ देखि १६ घण्टा काम गर्दा ४५ दिनमा ७० हजार कमाएर नेपाल फर्किएको हुँ, नेपालमा भनेजस्तो साउदीमा काम सहज थिएन।’  २ वर्षको लागि भनेर साउदी गएका कामदार ४५ दिनमै नेपाल फर्किएपछि क्षतिपुर्तिका लागि बैदेशिक रोजगार विभागको ध्यानाकार्षण गरेका थिए तर कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

सो घटनाबारे पटक पटक बैदेशिक रोजगार विभागलाई जानकारी गराई उक्त कम्पनीमा कामदार पठाउन रोक्नको लागि अन्य म्यानपावर व्यवसायीले अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको बरु उल्टै सोहि कम्पनीमा कामदार लैजान विभागले स्वीकृति दिने गरेको खुलेको छ। ३५ दिनको रोजगारीमा साउदीको कम्पनीले कामदार लैजाने बारे जानकार हुँदा हुँदै पनि साउदी दुतावासका कन्सुलरका कै संलग्नतामा अबैध कार्य हुँदै आएको श्रोतको दावी छ । 

घटनाक्रम के हो ?

मिता इन्टर्नेशनल प्रा. लि (५३०/०६१/६२) ले साउदीको लागि साउदी ग्राउण्ड सर्भिसको लागि ५३ जनाको लागि अन्तर्वार्ता लिन विभागबाट स्वीकृति लिएको देखिएको थियो तर म्यानपावरहरुले   सो अनुरुप नभई हज यात्रा अवधीको लागि समान ओसार्ने कामको लागि अन्तर्वार्ता लिएको कामदारहरुले बताएका थिए ।   

मिता इन्टर्नेशनल, फजल इन्टर्नेशनल र अल हायात म्यानेजमेन्ट र  प्रा. लि (३३६/०५०/६०) र मिता इन्टर्नेशनल तीनै कम्पनि मिलेर एकै ठाउँमा अन्तर्वार्ता गराइरहेका थिए । अन्तर्वार्ता स्थलमा साउदी दूतावासका कर्मचारीसमेतको संलग्नतामा पाइएको थियो । विभाग टोलि पुग्दा अन्तर्वार्ता स्थलमा दुतावासका कन्सुलर भएको बताउंदै उनीहरुले पत्रकालाई समेत फोटो खिच्न रोक लगाएका थिए । 

विभागको कमजोरी 

अनुगमन क्रममा खटिएको विभागाको टोलीले अन्तर्वार्तास्थलबाट म्यानपावरका नाममा रहेका एजेन्ट तथा उनीहरुसँग भएको पासपोर्ट नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्ने अवस्था थियो तर अनुगमन टोलीले कुनैपनि एजेन्टलाई पासपोर्ट लिएकै अवस्थामा समात्ने प्रयास गरेन बरु उल्टै प्रमाणको भार नै कम गर्यो ।

 सरकारले बैदेशिक रोजगारीको लागि एजेन्ट व्यवस्था खारेज गरेको छ तर म्यानपावर सञ्चालकले मेडिकल, बिमा लगायतका कुनै पनि प्रक्रिया बिनै ३ महिना सम्मको लागि कामदार पठाउने भन्दै एजेन्टमार्फत नै कामदार राजधानी बोलाएको देखिएको छ । उनीहरुलाई एजेन्टहरुले आकर्षक तलबको आश्वासन दिएर प्रतिव्यक्ति ६० हजार रुपैयाँसम्म लागत लाग्ने बताएको कामदारहरुले जानकारी दिएका छन् । तर हाल ३ महिनासम्मको श्रम स्वीकृति दिने व्यवस्था नै छैन ।

सम्बन्धित समाचार 

साउदी प्रकरण: म्यानपावर संचालकको बयान, अन्तर्वार्तामा साउदी कन्सुलरको संलग्नता स्वीकार

एजेन्टमुक्त बैदेशिक रोजगारमा गम्भीर प्रश्न: १२०० युवालाई कसले ल्यायो काठमाडौँ ?



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक