2026-10-16 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको जेलमा बिनोद रानाभाट: आमा-बुबाको रुवावासी (भिडियो सहित)

असार १०, काठमाडौँ | कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारको लागि अहिले सामाजिक संजाल लगायत अभियन्ताकारीहरु सहयोग सहयोग जुट्ने क्रम निकै तिब्र गतिमा बढेको देखा परेको छ ।

बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिनुभएको छ । रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले सवैले सहयोग गरिदिन सोमबार भरतपुरको चौबिसकोठीमा पत्रकार सम्मेलन गरि परिवारले आग्रह गरेको छ ।

यसअघि रानाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ । त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरि सहयोग गर्न सक्ने बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिनुभयो । सहयोग गर्न ईच्छुकहरुले नेपाल भरिको कृषि विकास बैंक लि.बाट रकम जम्मा गर्न सक्नेछन् । त्यसैगरि सहयोगका लागी मोबाईल नं. ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ ।

रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उहाँलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाएको छ ।

सहयोगका लागि

कृषि बिकास बैंक

खाता नं – ०५०८८०१३३७०९४०१३

खाताको नाम- बिनोद रानाभाट रिहाई तथा उद्धार समिति

नारायणगढ शाखा

ढाका मोहन रानाभाट ९८११८३८००८ (बिनोदको बुवा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु