2026-09-25 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा ठगी गर्ने एक महिला जेल चलान

असार १५, काठमाडौँ । वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला जेल चलान भएकी छिन् । 

वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा सर्वोच्च अदालतको २०७५ साल असार २६ को फैसलाले एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पाको खानीगाउँ निवासी टीकाकुमारी थापा आज जेल चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइवी)ले जनाएको छ । 

उनलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले आजै जेल चलान गरिएको हो । कैद भुक्तानका लागि उनलाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सिआइवीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

उहाँले २०६९ सालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने ईजाजतपत्र बिना नै वैदेशिक रोजगारका लागि साइप्रस पठाईदिने भन्दै रकम ठगी गरेकी थिइन् । अदालतले थापालाई दोषी ठहर गर्दै उक्त सजायसहित जाहेरवालालाई बिगो र हर्जनासमेत गरी कूल रकम रु १४ लाख २५ हजार तिर्नुपर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक