2026-09-25 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम सम्मेलनः श्रमको सम्मान गर्न सुरुवात आफैँबाट किन नगर्ने ?

असार १६, काठमाडौँ । संविधानले सबै नागरिकलाई समानताको हक सुनिश्चित गरेको अवस्थामा कार्यसंस्कृतिमा हुने विभेद अन्त्य गर्न सामाजिक, साँस्कृतिक रुपान्तरणमा गर्ने एक कार्यक्रमका वक्ताले बताएको छन् । 

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ अन्तर्गत आज आयोजित ‘कार्यसंस्कृति र मर्यादित श्रम’विषयको छलफलमा सहभागीले श्रमको सम्मान गर्ने व्यवस्थालाई अनिवार्य गर्न नसकिए नेपाली युवा विदेशीन क्रम रोक्न कठिनाइ हुने उनीहरुले बताए । 

श्रम क्षेत्रलाई व्यवस्थित बनाउन प्रशस्त सम्भावना भए पनि अनुसन्धान मूलक दस्तावेज निर्माण गरिनु आवश्यक भएको सहभागीको भनाइ थियो । सहभागीले काम गर्ने संस्कृतिको विकास गर्न र श्रमलाई सम्मान गर्न शिक्षा प्रणालीनै परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।  

खाली सिसी संस्थाको संस्थापक आयुषी केसीले कामका आधारमा विभेद गरिने प्रचलन अझै कायम रहेको उल्लेख गर्दै कामको सम्मान गर्ने अवस्था सिर्जना गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कामको सम्मान गर्ने गरी नीतिगत परिवर्तन गर्नु आवश्यक छ ।” 

उद्योगी त्रिचन्द्र भट्टराई श्रमका आधारमा गरिने विभेदलाई कानूनले बञ्चित गरे पनि अझै पनि व्यवहारमा विभेद कायमै रहेको बताउनुभयो । कार्यसंस्कृतिमा परिवर्तन ल्याउनु आवश्यक भएकामा जोड दिँदै उहाँले कामलाई सानो र ठूलोका आधारमा हेर्न नहुने बताउनुभयो । 

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहाल सबै प्रकारका कामलाई सम्मान गर्नेलाई संस्कृतिको विकास आफैँबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रमलाई सम्मान गर्ने र श्रमिकलाई हेर्न दृष्टिकोण परिवर्तन गर्नुपर्छ ।” 

कानूनत सबै श्रमिकलाई समान व्यवस्था गर्नुपर्ने प्रावधान भए पनि अझै पनि व्यवहारमा श्रमिकमाथि विभेद कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, श्रमिकलाई अहिले पनि समान व्यवहार भएको छैन, बौद्धिक र शारीरिक श्रम गर्नेबीच विभेद, पारिश्रमिक, सेवा सुविधामा पनि विभेद भइरहेको पाइन्छ । 

 श्रमको अपमान हुने गरी सूचना सम्प्रेषण गर्न नपाउने प्रावधान व्यवस्था गरिएको छ । श्रमिक वर्ग परम्पारदेखि नै दोस्रो वर्ग र शोषित वर्गका रुपमा रहेका छ । सहजकर्ता सांसद बिन्दा पाण्डेले नीतिगत व्यवस्था भए पनि कार्यान्वयन गर्ने संस्थागत संरचना दरिलो नभएको बताउनुभयो । 

शिक्षा प्रणालीलाई समयानुकूल बनाउन जोड

नेपालका विश्वविद्यालयले उत्पादन गर्ने शैक्षिक जनशक्ति र रोजगारीको अवसरबीच व्यापक अन्तर देखिएको सरोरकावालाले बताएका छन् । 

रोजगार सम्मेलन अन्तर्गत ‘नेपाली श्रम बजार र आयस्थितको सिंहवालोकन’ विषयको सामूहिक छलफलमा सहभागीले विश्वविद्यालय शिक्षाले श्रम बजारको आवश्कता सम्बोधन गर्न नसकेको बताए । उनीहरुले शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याए । 

लक्ष्मी बैंकका मनव संशाधन विभाग प्रमुख अमित शर्माले विश्वविद्यालयले दिने शिक्षाले रोजगारीको आधार सिर्जना गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय शिक्षा हासिल गरेको व्यक्तिलाई रोजगारदाताले आधारभूत विषय अझै सिकाउनुपर्ने अवस्था रहेको छ, हाम्रो विश्वविद्यालय शिक्षाले सामान्य जानरकारी पनि दिन सकेको छैन ।” श्रम बजारको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्न विश्विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । 

निजी क्षेत्रको टेलिकम सेवा प्रदायक संस्था एनसेलका मानव संशाधन प्रमुख दिपेश श्रेष्ठले सूचना प्रविधिको परिवर्तनसँगै रोजगारी कटौती गर्ने सम्भावना बढेर गएको उल्लेख गर्दै प्रविधिको विकाससँगै श्रमिकलाई पनि दक्ष बनाउनुपर्ने बताउनुभयो । 

“कृत्रिम बौद्धिकताले रोजगारी खोस्दैछ, श्रमिकलाई पनि समसामयिक दक्ष बनाउनुपर्छ । विकसित प्रविधिअनुसारको शिक्षा दिन विद्यालयस्तरमै पाठ्यक्रम सुधार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पाठ्यक्रम परिवर्तन गर्न अझै पनि विश्वविद्यालय तयार छैनन्, यसमा सरकारको ठूलो भूमिका रहन्छ ।”

प्रविधिको क्षेत्रमा आइरहेका परिवर्तनले नयाँनयाँ रोजगारीको अवसर सिर्जना गर्दै आएपनि नयाँ रोजगारीले परम्परागत रोजगारी प्रतिस्थापन हुँदै गएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अवको १० वर्षमा प्रविधिका क्षेत्रमा आएको परिवर्तनले ६० प्रतिशत रोजगारी कटौती गर्ने आँकलन गरेको छ । 

केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक