2026-09-25 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गत आर्थिक वर्ष कुन म्यानपावरले कति कामदार पठाए ? (१०८१ म्यानपावरको सूची सहित)

अनिल अधिकारी | साउन १, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । मलेसिया बन्द भएका कारण कतिपय म्यानपावर व्यवसायीहरु बेरोजगार जस्तै बने भने कतिपय म्यानपावरहरु बन्द गर्ने स्थातीमा पुगे । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका १०८१ वटा म्यानपावर कम्पनीले २ लाख ८ हजार ३५२ जना कामदारको अन्तिम श्रम स्वीकृति लिएका छन् । जसमा महिलाको शंख्या १७ हजार ३५२ जना रहेका छन् । 

गत आर्थिक बर्षमा १०० भन्दा बढी कामदार पठाउने म्यानपावरको सूचीमा ५१८ म्यानपावरको नाम रहेका छन् ।  त्यस्तै १००० भन्दा बढी कामदार पठाउने २७ वटा मात्र म्यानपावर रहेका छन् । जसमा सबैभन्दा बढी बैदेशिक रोजगारीमा कामदार पठाउन सफल म्यानपावरको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा द रिभर ओभरसीस रहेको छ । उसले गत आर्थिक बर्षमा ४४२७ पुरुष र ८३१ महिला गरि कुल ५२५८ जना नेपाली कामदारलाई बैदेशिक रोजगारीमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ । अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा यो म्यानपावरनै पहिलो नम्बरमा थियो । उसले त्यो आर्थिक बर्षमा कुल ५८०४ कामदारको अन्तिम श्रम स्वीकृति लिएको थियो । 

त्यस्तै दोश्रो नम्बरमा एसओएस म्यानपावरको नाम छ, उसले गत आर्थिक बर्ष २०७५/७६ मा ४१७१ पुरुष र ११० जना महिला गरि कुल ४२८१ जना कामदारलाई बैदेशिक रोजगारीमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ । आर्थी बर्ष २०७४/७५ मा यो म्यानपावरले कुल ५४७२ कामदार पठाउन अन्तिम स्वीकृति लिएको थियो । 

त्यस्तै प्याराडाइज इन्टरनेशनल तेश्रो नम्बरमा पर्न सफल भएको छ । उसले २७०७ पुरुष र ६२० महिला कामदारलाई बैदेशिक रोजगारीमा पठाउनको लागि अन्तिम श्रम स्वीकृति लिएको देखिएको छ । 

त्यस्तै भिजन एण्ड भ्यालु ओभरसीस सर्वाधिक कामदार पठाउने म्यानपावरहरुको सूचिको चौथो नम्बरमा परेको छ  । उसले गत आर्थिक बर्ष २०७५/७६ मा २३६० जना कामदारलाई बैदेशिक रोजगारीमा पठाउनको लागि अन्तिम श्रम स्वीकृति लिएको छ । भिजन एण्ड भ्यालु ओभरसीसले १८७७ पुरुष र ४८३ महिला कामदारको अन्तिम श्रम स्वीकृति लिएको छ । 

त्यस्तै अन्जली ओभरसीस सर्भिस पाँचौं नम्बरमा पर्न सफल भएको छ । अन्जलीले गत आर्थिक बर्ष २०७५/७६ मा मात्र २११९ जनाको अन्तिम श्रमस्वीकृति लिएको छ जसमा महिलाको शंख्या ५३ जना छन् भने बाँकी पुरुष रहेका छन् ।  

त्यसपछि सर्वाधिक कामदार पठाउने मुख्य २० म्यानपावरको सूचीमा क्रमश सान नेपाल , नौकिरी नेपाल रिक्रुटमेन्ट सर्भिस, साउण्डलाइन रिक्रुटमेन्ट, अक्सफोर्ड इन्टरनेशनल, स्वीफ्ट गोर्खा इन्टरनेशनल, अल स्किल इन्टरनेशनल ह्युमन रिसोर्स, कोशी इन्टर्नेशनल सर्भिस, अल-आशमाक्स कम्पनी, प्रुडेनसियल ओभरसिज, ट्यालेन्ट ओभरसीस सर्भिस, शिखर इन्टरनेशनल म्यानपावर सर्भिस, वाहा म्यानपावर सप्लायर्स, देवान कन्सलट्यान्स, भ्रिन्दित सर्भिस (इगल हन्टर इन्टरनेशनल) र लिंक इन्टरनेशनल प्लेसमेन्ट (नाइल ओभरसीस) रहेका छन् । यी बाहेक बाँकी ७ म्यानपावरले मात्र गत आर्थिक बर्षमा १००० भन्दा बढी कामदार पठाउन सफल भएका छन् । जसमा २१ औं नम्बरबाट क्रमश लाइफलाइन ओभरसीस, अन्जुलिमा इन्टरनेशनल, दुबई ओभरसीस इन्टर नेशनल, जब सिकर म्यानपावर, नेपाल एचआर सोलुसन, सुफी इन्टरनेसनल सर्भिस र सत्यम इन्टरनेसनल सर्भिस रहेका छन् । माथिका बाहेक अन्य १०५४ म्यानपावरले १००० भन्दा कम कामदार पठाउनेको सूचीमा रहेको साझा सबाल मिडियाले जानकारी पाएको छ । 

बैदेशिक रोजगार बिभागले हरेक आर्थिक बर्ष साउन १ गतेदेखि असार मसान्तसम्म बैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिनेहरुको सूची सार्वजनिक गर्ने गरेको छ । गत आर्थिक बर्ष मलेसिया जाने कामदार ह्वात्तै घटेको कारण मलेसियालाई आधार बनाएर बैदेशिक रोजगारीमा पठाउन सक्रिय म्यानपावर कम्पनीहरु भने निकै पछाडी परेका छन् । 

सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावर कुन कुन ?  

आर्थिक बर्ष २०७५/७६ मा सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावरको टप-५ को सूचीमा क्रमश: रिभर ओभरसीस (८३१ जना), एससीसी म्यानपावर (७२२ जना),  प्याराडाइज इन्टरनेशनल (६२० जना), भ्रिन्दित सर्भिस (इगल हन्टर इन्टरनेशनल) ५०२ जना र भिजन एण्ड भ्यालु ओभरसिस (४८३ जना) रहेका छन् । 

गत बर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावरको सूचीमा पहिलो नम्बरमा राजधानीको कमलपोखरीस्थित एससीसी म्यानपावर (११८८ जना) रहेको थियो । त्यस्तै दोश्रो नम्बरमा कोशी इन्टरनेशनल (८१४ जना) रहेको थियो । यो बर्ष कोशीले २१३ जना महिलाको मात्र अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । 

बैदेशिक रोजगार बिभागले सार्वजनिक गरे अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा कुन म्यानपावरले कति कामदार पठाए ? क्रम अनुसार ५०/५० म्यानपावरको सूची तल क्लिक गरि हेर्न सक्नुहुनेछ: 

TOP-50 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/223

TOP-51 to 200 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/224

TOP-201 to 500 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/225

TOP-501 to 1081 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/226

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक