2026-10-16 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जानेको शंख्या १७% ले घट्यो, मलेसिया ठप्प हुँदा कम्तिमा ४० अर्व गुम्यो !

अनिल अधिकारी | साउन २, काठमाडौँ | दक्षिण एसियाकै कामदारको मुख्य पकेट देश मानिएको नेपालबाट यो बर्ष गत बर्षको तुलनामा १ लाख ३ हजार ८५७ जना कमले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । गत बर्ष नयाँ तथा नवीकरण सहित ६ लाख १२ हजार ६८५ जनाले रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको भएपनि त्यो शंख्या एस बर्ष घटेर ५ लाख ८ हजार ८२८ मा झरेको हो । यो बर्ष बैदेशिक रोजगारीमा जानेको शंख्या ह्वात्तै गिर्नुमा मलेसिया ठप्प हुनु र खाडीको श्रम बजारमा गिरावट आउनुलाई मुख्य कारण मानिएको छ । 

पछिल्लो एक बर्षमा साउदी अरब, संयुक्त अरब इमिरेट्स यूएई, ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको जानाकारहरुले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न नसक्दा खाडीका कम्पनीहरुले ठूला नयाँ आयोजनाहरु सञ्चालन गर्न नसक्नुलाई पनि कारण मानिएको छ । त्यसोत नेपालमा संचालित म्यानपावर कम्पनीहरुले भने सरकार को पछिल्ला नीतिहरुको कारण बैदेशिक रोजगारीमा जाने नेपालीको शंख्या घटेको दावी गरेका छन् । पछिल्लो समय सरकारले नेपाली कामदारको सुरक्षा र श्रमको ग्यारेन्टीको लागि भन्दै सम्बन्धित देशको दुतावासहरुले प्रमाणीकरण गरेको डिमाण्डमा मात्र म्यानपावर कम्पनीहरुले कामदार पठाउन पाउने व्यवस्था छ । 

यो व्यवस्था लागु भएपछि सम्बन्धित देशका कम्पनीहरुले नेपाली कामदार लैजान झन्जटिलो भएको भन्दै नेपाली कामदारको बिकल्प खोज्न थालेको म्यान्पावर व्यवसायीहरुको धारणा छ । त्यसो त पछिल्लो बर्ष अघिल्लो बर्षको तुलनामा बैदेशिक रोजगारीमा जाने नेपालीको शंख्यामा भारी गिरावट आउनुले म्यानपावरका केहि दावीहरुलाई नकार्न सकिन्न । आर्थिक बर्ष २०७४/७५ मा मलेसिया जानको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या १ लाख ३७ हजार ३११ रहेको थियो  भने पछिल्लो आर्थिक बर्ष २०७५/७६ मा मलेसिया जान अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ४२ हजार १४६ रहेको छ । यो तथ्यांकले पछिल्लो १२ महिनामा मलेसियाको लागि अन्तिम श्रम स्वीकृति लिनेहरुको शंख्या मात्र ९५ हजार १६५ जनाले घटेको देखाउंछ ।

अघिल्लो र पछिल्लो आर्थिक बर्षको तथ्यांक  

आर्थिक बर्ष २०७४/७५ म्यानपावर मार्फत विदेश जानेको शंख्या ३ लाख २३ हजार ८७६ थियो । जुन शंख्या घटेर आर्थिक बर्ष २०७५/७६ मा २ लाख ८ हजार ३५१ मा झर्यो । तथ्यांकको अन्तर १ लाख १५ हजार ५२५ देखिन्छ । एकै बर्षमा यो अन्तर देखिनुमा मलेसिया ठप्प हुनुलाई पहिलो कारण मान्न सकिन्छ । म्यानपावरबाट र श्रम स्वीकृति नवीकरण गर्नेको शंख्यालाई आधार मान्ने हो भने २०७४/७५ को आर्थीक बर्षमा ६ लाख १२ हजार ६८५ जनाले अन्तिम स्वीकृति लिएका थिए भने २०७५/७६ मा कुल ५ लाख ८ हजार ८२८ जनाले अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । यो तथ्यांकलाई आधार मानेर अघिल्लो बर्ष र पछिल्लो बर्षमा अन्तिम श्रम स्वीकृति लिनेको शंख्यामा १६.९५ प्रतिशतले अन्तर देखिन्छ । 

१४ महिनादेखि मलेसिया ठप्प हुँदा कम्तिमा ४० अर्व रेमिट्यान्स गुम्यो ! 

बैदेशिक रोजगारीमा मलेसिया ठप्प हुँदा त्यसको रेमिट्यान्समा प्रभावको विश्लेषण गर्ने हो भने मलेसिया जाने श्रम शक्तिलाई नेपालमै रोक्दा कम्तिमा ४० अर्वको रेमिट्यान्स नेपालले गुमाएको अनुमान लगाउन सकिन्छ । अझै पनि कयौं युवाहरु मलेसिया खुल्छ र रोजगारीको लागि जाउँला भनेर आशामा बसिरहेको बुझिन्छ । 

अघिल्लो आर्थिक बर्षकै तथ्यांकलाई हेर्ने हो भने त्यहि अनुपातमा मलेसियामा नेपाली कामदारको माग भएको भए पनि मलेसिया कामदार पठाउन नेपालले रोकेको कारण झन्डै १ लाख भन्दा बढी नेपालीले मलेसिया पुगेर यतिखेर काम गर्दै गरेका हुने थिए । जो अहिले मलेसिया जान नपाएको कारण नेपालमै रोकिएका छन् । उनीहरुले मासिक औशत प्रतिव्यक्ति ३५ हजार मात्र रेमिट्यान्स पठाएको भए पनि पछिल्लो १४ महिनामा कम्तिमा ४० अर्वको रेमिट्यान्स नेपालले पाउने हिसाव निकाल्न सकिन्छ । नेपालमा रोजगारीको प्रयाप्त अवसर नभएको कारण उक्त नेपालमै रोकिएको जनशक्तिले पछिल्लो १४ महिनासम्म नेपालमै महत्वपूर्ण योगदान गर्यो र ४० अर्व भन्दा बढी उपार्जनको काम गर्यो भन्ने आधारहरु छैनन् ।

मलेसियाको श्रम बजार ठप्प हुँदा त्यसको असर म्यानपावर व्यवसायीलाई मात्र नभई ट्राभल एजेन्सी, विमान कम्पनीहरु, होटल लगायत अन्यमा पनि परेको छ । नेपालीको महत्वपूर्ण श्रम बजार ठप्प बनेका कारण युवाहरु विकल्प खोज्दै छन् तर खाडीबाट पनि नेपालीहरुको लागि श्रम बजार साघुरिदै जाँदा त्यसको प्रभाव भविष्यमा अझै थप पर्ने देखिन्छ । कयौं युवाहरु अझै पनि मलेसियाको रोजगारी खुल्ने पर्खाईमा आशावादी भएर बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु