2026-10-16 08:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्याबाट उद्धार गरिएकी १२ युवतीहरु आफन्तको जिम्मामा

साउन ३, काठमाडौँ | अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । 

उनीहरुलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा आज आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । 

ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरु विभिन्न स्थानबाट बसमार्फत पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ । केन्याको मुम्बासा शहरस्थित रङ्गीला डान्समा काम गर्दै आएका उनीहरुलाई त्यहाँका प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को सहयोगमा बिहीबार राति नेपाल ल्याइएको हो । उद्धार गरेर ल्याइएको युवतीलाई व्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘रिसिभ’ गरेको थियो । केन्यामा नेपाली चेलीबेटी पक्राउ परेको भन्ने समाचार सार्वजनिक भएलगत्तै ब्यूरोले उनीहरुलाई नेपाल ल्याउन त्यहाँस्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास र केन्याको अपराध अनुसन्धान निर्देशनालय (डीसीआई) सँग सहकार्य गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु