पढ्न करिब 2 मिनेट लाग्छ

योगेन्द्र खतिवडा (तेह्रथुम) | म सानै छदा ममीले भन्नुभएको कुरा, उहाँले भन्नु भएको थियो “छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दुख:को उकालोमा टेक्न सकिने ” निश्चय नै मेरो वुढा आमा, वावाहरुले आशाका पहाडहरु विश्वासका हिमालहरु चुलाएर प्रतिक्षा गरिरहनुभएको छ ।

एउटा मन्त्रालय कृषि विकास देशमै रोजगार ग्यारेन्टी गर्ने योजना बनाउँछ भने अर्को मन्त्रालय देशमा भएको जनशक्तिलाई विदेश पठाई आफू सफल बनेको आत्मरतिमा रमाउँछ । यो स्थितिले उत्पादनमा आत्मनिर्भर बनाई रोजगार सिर्जना गर्ने सपना अन्तहीन भुमरीमा घुमिरहने पक्कापक्की छ ।

आजकल हरेक परिवारमा बाबु खेताला खोज्न निस्कने र छोरा रोजगारको खोजीमा बजार पस्ने संस्कारको विकास भएको छ । एउटै घरमा बाबु कामदारको खोजीमा र छोरा कामको खोजीमा भौंतारिने अवस्थाको व्यवस्थापन नहुनु विडम्वना हो ।

नेपालको पछिल्लो करिब दुई सय वर्षको इतिहासलाई अध्ययन गर्दा भारदारहरू बीचको कलह, राष्ट्रप्रमुखको हत्या, सत्ताको छिनाझम्टी, वैदेशिक हस्तक्षेप, विप्रेषण (रेमिट्यान्स) मुखी अर्थतन्त्र र आफ्ना जनतालाई लाहुरे संस्कृति बनाउने बाहेक सकारात्मक कुरा केही पाइँदैन ।

राजनीतिक अस्थिरता र लाहुरे बनाइ त्यो रेमिट्यान्सको मज्जा लिने मानसिकताले गर्दा देशको उन्नति र प्रगति हुन सकेन । शासकहरू सत्ताको छिना झम्टीमा तल्लिन भइनैरहे वा अरु कसैको ईसारामा नाचिरहे भने जनता वैदेशिक रोजगारीमा भौँतारिई रहने ।

अन्त्यमा, नेपालको प्रकृति, संस्कृति र राष्ट्रिय स्वाभिमानको पहिचानलाई बुझ्ने र जनतामा बुझाउन सक्ने क्षमता भएको नेतृत्व नेपालले पाउन अझै कति वर्षसम्म पर्खिनुपर्ने हो भन्नसक्ने अवस्था छैन । यो दुई सय वर्षको विकृत राजनीति र वैदेशिक रोजगारीको विकृतिलाई राम्रोसँग बुझाएर नेपालीलाई स्वाभिमान र स्वावलम्बी बनाउन पनि अझै कति वर्ष लाग्ने हो त्यो पनि भन्न सकिँदैन । यी र यस्तै अस्थिरतालाइ टुलटुल हेर्दै डेढ बर्ष अगाडि बिट मारी फर्किएको एउटा जोशिलो युवा लाग्यो फेरि मरुभुमी माथी बालुवामा खेती गर्न !!

सबैलाइ संझिएको छु है नबिर्सनु होला !

धन्यबाद

खतिवडा योगेन्द्र

त्रिभुवन अन्तरास्टृय बिमानस्थलबाट