2026-09-25 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्ड पठाइदिने भन्दै दुई म्यानपावरका मार्केटिङ म्यानेजर कार्डधारीद्वारा ठगि

साउन ६, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा आफू ठगिमा परेको भन्दै एक पिडितले साझा सबाल मिडियाद्वारा संचालित ‘बैदेशिक रोजगार’ मोबाइल एप मार्फत केहि प्रमाणहरु पठाए । लगत्तै मिडियाले सम्बन्धित म्यानपावरका संचालकसँग यसको स्पष्टिकरण लिएको छ । 

पिडित युवासंग भएको प्रमाण अनुसार दिपक तामाङले दुई पटक गरेर १४ महिना अघि २ लाख लिएका थिए । सिनामंगलमा रहेको सन्ना इन्टरनेशनल रिक्रुटिङ प्रा.लि.को ‘पेमेन्ट भौचर’ अनुसार सोहि म्यानपावरको मार्केटिङ म्यानेजरको भिजिटिङ कार्डधारी दिपक तामाङले पिडित युवासंग २ लाख अशुली गरेको इंगित गर्छ ।

त्यसो त पैसा अशुली गर्ने दिपकले सन्ना इन्टरनेशनल रिक्रुटिङ प्रालि म्यानपावरको मात्र नभई रिंकु ओभरसिज प्रा.लि. नाम गरेको म्यानपावरको समेत मार्केटिङ म्यानेजर उल्लेखित भिजिटिङ कार्ड बोकेको फेला परेको छ । सन्नाको भिजिटिङ कार्डमा उनको नाम दिपक तामाङ उल्लेख भएको छ भने रिंकु ओभरसिज प्रा.लि.को कार्डमा उनको नाम दिपक लामा उल्लेख छ । रिंकु ओभरसिज प्रा.लिको सम्पूर्ण कामकाज हाल बैदेशिक रोजगार बिभागले रोक्का राखेको छ ।

दिपकले पिडितसंग सिनामंगलमा रहेको सन्ना इन्टरनेशनल रिक्रुटिङ प्रा.लि.को ‘पेमेन्ट भौचर’मार्फत २ लाख लिएको देखिएपछि साझा सबाल मिडियाले सन्ना इन्टरनेशनलका संचालक महमद मुस्तक मियासंग स्पष्टिकरण लिएको छ । यस बिषयमा मियाले आफ्नो म्यानपावर कम्पनीले नभई आफ्नो कागजातको दुरुपयोग गरेर दिपक तामाङ भन्ने व्यक्तिले पोल्याण्ड पठाउने धन्दा चलाएको स्पष्टिकरण दिएका छन् । उनले भने ‘मेरो म्यानपावरको भौचर प्रयोग गरेर पोल्याण्ड पठाउछु भन्दै अशुली भएको रहेछ, मेरो म्यानपावरमा पोल्याण्डको डिमाण्ड आएकै छैन । मैले दिपकको बारेमा २०७५ फागुन ९ गतेको राष्ट्रिय दैनिक पत्रिका मार्फत सूचना जारी गरिसकेको छु । मेरो म्यानपावरको यसमा दोष छैन ।’ 

सन्नाका संचालकले मियाले थप स्पष्टिकरण स्वरूप २०७५ फागुन ९ गतेको राष्ट्रिय दैनिक पत्रिका मार्फत सूचना जारी भएको प्रति, दिपकको तश्वीर र टेकु प्रहरी परिसरमा भएको सम्झौता पत्र पठाएका छन् । त्यतिबेला राष्ट्रिय दैनिक पत्रिका मध्यान्हमा प्रकाशित सूचना मा लेखिएको छ – ‘उदयपुर सिद्धिपुरका विष्णु कुमार मगर र ओखलढुंगाका दिपक तामाङले यस प्रालिको संचालक हुँ भन्दै पोल्याण्डमा बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै रकम र पासपोर्ट संकलन गरेको भन्ने सुन्नमा आएकाले यस प्रालिको ध्यानाकर्षण भएको छ ।’

सूचना अनुसार सन्नाले आफ्नो म्यानपावरमा पोल्याण्डको कुनै डिमाण्ड नआएको दावी गरेको छ । पछी अन्य पिडितले टेकु प्रहरीमा उजुरी गरेपछि सन्ना इन्टरनेसनल समेत तानिएको र उक्त समयमा सन्नाका संचालक महमद मुस्तक मियासंग विष्णु कुमार मगर र दिपक तामाङले सन्ना मार्फत पोल्याण्ड पठाउने नाममा भएका कारोवारको सम्पूर्ण जिम्मेवारी लिएको भन्दै लिखित सम्झौता पत्र बनाएको देखिन्छ । तर त्यस्तो सम्झौता बनाएपनि हालसम्म पिडितहरुलाई बिभिन्न बहानामा झुलाउने गरेको पिडितहरुले साझा सबाललाई बताएका छन् । 

सन्ना म्यानपावरका संचालकका अनुसार दिपक तामाङ बिरुद्ध उनले हनुमान ढोकामा समेत उजुरी दिएका थिए । ठगि कार्यमा संलग्न दिपक तामाङले आफ्नो कार्यालयमा जागिर समेत नखाएको अवस्थामा ‘मार्केटिङ म्यानेजर’ को फर्जी भिजिटिङ कार्ड बनाएर बैदेशिक रोजगारीमा जान चाहने युवाहरुसंग अशुली गरेको उनले बाताए । आफ्नो म्यानपावरले दिपकलाई कुनै जिम्मेवारी नदिएको भन्दै संचालक मियाले आफ्नो म्यानपावरको फर्जी भिजिटिङ कार्ड र फर्जी भौचर बनाएर अशुली गरेको थाहा पाएपछी आफैले प्रहरीमा उजुरी दिएको स्पष्टीकरण दिएका छन् । 

यस बिषयमा साझा सबाल मिडियाले अशुलीमा संलग्न दिपक तामाङसंग पटक-पटक फोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएका छैनन् । 

माथिको तश्वीरमा: अशुली तथा फर्जी कागजात बनाई बैदेशिक रोजगार ठगिमा संलग्न दिपक तामाङ (दिपक लामा) । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक