2026-10-16 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याराडाइज इन्टर्नेशनलको नाममा पोखरामा म्यानपावरको अबैध शाखा, कारवाही गर्ने विभागको भनाई

साउन ८,काठमाडौं । प्याराडाइज इन्टर्नेशनल प्रा. लिको नाममा पोखरामा अबैध शाखा संचालन भैरहेको पाइएको छ । पोखराको पृथ्वी चोक नजिक ठुलो होडिङ्ग वोर्ड नै राखेर अबैध रुपमा प्याराडाइजको शाखा संचालन गरिएको छ । 

म्यानपावर कम्पनीले शाखा कार्यालयको लागि बैदेशिक रोजगार विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । तर सोहि अनुरुप म्यानपावर कम्पनीले यसअघि विभागको पुर्व स्वीकृतिमा नै एजेन्ट सम्पर्क कार्यालय चलाए पनि हाल खारेज भइसकेको म्यानपावर कम्पनीले दावी गरेको छ।  शाह मुम्मदलाई एजेन्ट सम्पर्क कार्यालय संचालन गर्न अनुमति दिएको तर हाल खारेज भैसकेको म्यानपावरले बताए पनि अझै अबैध रुपमा नै चलिरहेको साझा सवालले स्थलगत रुपमा भेटेको छ ।

म्यानपावर कम्पनी केन्द्रीय कार्यालयबाट शाखा कार्यालय हटाइएको बारे एक दैनिक पत्रिकामा सूचना जारि गरेर विभागलाई समेत जानकारी दिएको म्यानपावरको केन्द्रिय कार्यालयका एक कर्मचारीले बताए । शाह मुम्मदले अबैध रुपमा संचालन गरिरहेको हुन सक्ने उनले दावी गरे ।

शाह मुम्मदलाई सझासबालले अबैध रुपमा शाखा संचालन गरेको बारे प्रश्न गर्दा उनले उनले झुट बोल्दै कार्यालय बन्द गरिसकेको दावी गरे । तर सोहि कार्यालयमा डिमाण्ड बारे बुझ्दा एक कर्मचारीले भनिन् ‘यो प्याराडाइज म्यानपावर कम्पनीको शाखा हो तर अहिले डिमाण्ड छैन भदौ २० गतेपछि सम्पर्क गर्नुहोला ।’ 

म्यानपावर कम्पनीले स्वीकृति बिना शाखा कार्यालय खोल्न नपाउने बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले बताए । अबैध रुपमा शाखा कार्यालय संचालन गरिएको जानकारी आएमा म्यानपावर कम्पनीलाई आवश्यक कारवाही गरिने उनले बताए ।

विभागबाट स्वीकृति लिएका म्यानपावरका शाखा कार्यालयहरु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु