2026-09-25 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार एप: विदेश जानेहरुको समस्या यसरी हुन्छ समाधान, दैनिक ५० वटासम्म गुनाशा !

साउन १०, काठमाडौँ | पछिल्लो समय ‘बैदेशिक रोजगार’ मोबाइल एप मार्फत बैदेशिक रोजगार सम्बन्धि गुनाशो गर्नेहरुको शंख्या ह्वात्तै बढेको छ । साझा सबाल मिडियाले संचालन गरेको ‘बैदेशिक रोजगार’ मोबाइल एप मार्फत बिभिन्न म्यानपावर तथा एजेन्ट विरुद्ध समस्या तथा गुनाशो गर्नेहरुको दैनिक शंख्या बढ्दै गएको हो ।

१५ महिना अघिदेखि संचालनमा आएको ‘बैदेशिक रोजगार’ मोवाइल एपको प्रयोगकर्ता १ लाख ६० हजार पुगीसक्दा यसको प्रयोगसंगै प्रभावकारिता पनि बढ्दै गएको छ । एपमा बैदेशिक रोजगार क्षेत्रका सम्पूर्ण जानकारी पाइने भएपछि मासिक १० देखि १५ हजार प्रयोगकर्ता यो एपमा थपिदै गएका छन् । यो एपमा एजेन्टदेखि म्यानपावर कम्पनीले ठगि गरेकोदेखि सरकारी निकायहरुले आफ्नो समस्या सुनुवाई नगर्ने भन्दै गुनाशाहरु आउने गरेका छन् ।

एप मार्फत ‘मलेसिया कहिले खुल्छ ?’ भन्ने प्रश्न र ‘म्यानपावर कम्पनीले चर्को रकम अशुली गरेको’ बिषयमा हजारौं गुनाशा आएका छन् । त्यस्तै पछिल्लो समय सरकारले एजेन्ट खारेज गरेपछि एजेन्टहरुको सक्रियताको सूचना पनि जनस्तरबाटै आउने गरेका छन् ।

बैदेशिक रोजगारीका क्रममा विदेश जानु अघि एजेन्ट तथा म्यानपावरले आकर्षक तलब र कम्पनी भन्दै झुक्याएको तर विदेश आएपछि त्यस्तो नभएको भन्ने गुनाशाहरु पनि कयौं छन् । व्यक्तिगत प्रक्रियाले बैदेशिक रोजगारीमा जान लाग्दा ठगिएको प्रकृतिका गुनाशाहरुको पनि चाङ छ । पछिल्लो १५ महिनामा ७,३८५ गुनाशाहरु आएकोमा गम्भीर प्रकृतिका गुनाशाहरुमा साझा सबाल मिडियाले सक्रिय रुपमा ध्यान दिएर त्यसको समाधान गर्दै आएको छ । आफूले समाधान गर्न नसक्ने बिषयहरु सम्बन्धित सरकारी निकायसम्म पुर्याउने गरिएको छ । मिडियाले कयौं गुनाशाहरुको समाधानको लागि समस्यामा परेकाहरुलाई कानुनी परामर्श, बिभागमा उजुरीको लागि तरिका सिकाउने र व्यक्तिगत ठगिका बिषयमा कानुनी प्रक्रियाबारे सुझाव दिने गरेको छ । 

त्यस्तै गुनाशाका आधारमा साझा सबाल मिडियाले सयौं समाचारहरु पनि सार्वजनिक गरेको छ । मिडियाले कतिपय गुनाशाहरुलाई सिधै म्यानपावर समक्ष राखेर त्यसको समाधानको जिम्मेवारी म्यानपावरलाईनै दिने गरेको छ भने बैदेशिक रोजगारीको नाममा व्यक्तिगत रुपमा ठगि गर्नेहरुलाई सिधा सम्पर्क गरेर पिडितहरुको पैसा फिर्ताको लागि ताकेता गर्ने लगायतका काम पनि गर्दै आएको छ । मिडियाले गम्भीर प्रकृतिका ठगिका बिषयमा सम्बन्धित सरकारी निकायसंगको सहयोगमा दर्जन भन्दा बढी स्टिङ अप्रेशन तथा संकास्पद म्यानपावरमा छापा मार्ने लागायतका कामहरुमा सरकारी निकायहरुलाई सहयोग गर्दै आएको छ । 

यो एप यो लिंकमा क्लिक गरि डाउनलोड गर्न सकिन्छ > https://play.google.com/store/apps/details?id=com.sajhajobsproject 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक