2026-09-25 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकका कर्मचारी भन्छन् : सहुलियत कर्जा छैन नभन्नुस तर यसो/उसो भन्नुस घुमाएर पठाईदिनुस ..

मनोज पराजुली, साउन १२, काठमाडौं। सरकारले प्रदान गर्ने सहुलियत कर्जा उपलब्ध नगराउन नेपाल राष्ट्र बैंकका कर्मचारीले निर्देशन दिएको खुलेको छ । साझा सबाललाई प्राप्त अडियो रेकर्डमा भनिएको छ सहुलियत कर्जा छैन नभन्नुस तर यसो/उसो भन्नुस घुमाएर पठाईदिनुस ..

घटना के हो ? उदयपुर कटारीका सुबास थापाको भोगाई उनकै शब्दमा 

२ बर्षका लागि साउदी गएको हुँ, खासै कमाउन सकिन। नेपाल आएर पुन: कतार गएँ, तरपनि कमाइस्तर राम्रो भएन। कतारबाट नेपाल आएर पुन: दुवई गएँ। दुवईमा पनि भनेको जस्तो भएन, अनि नेपाल फर्किएं। 

सरकारले बैदेसिक रोजगारी फर्केकारुलाई सहुलियत ऋण दिने कुरा साथीहरुबाट जानकारी प्राप्त गरें । सो कुरा सुनेपछि धेरै खुसि लाग्यो, साथै अब नेपालमै केहि गर्ने मेरो सोचमा बल पुग्यो ।

अनि काठमाडौँ बैदेशिक रोजगार वोर्डमा गएर घन्टौं लाइनमा बसेर फर्म भरें। सरकारले सहुलियत ऋण दिएपछि म पनि मेरो देशमा केहि गर्छु भनेको थिएँ । तर अहिले ति सबै निराशामा परिणत भए ।

यस्तो लाग्छ कि, बरु बिदेशमा धेरै दुःख पाए पनि यो भन्दा  बढी नेपालमा धेरै दुःख दिंदा रहेछन् ।  सहुलियत कर्जाका नामा अहिले सरकारले दुःख दियो। 

बैदेशिक रोजगार बोर्डले आवेदन दिनेहरुलाई सुचिकृत गरेपछि काठमाडौं गएर सिफारिस लिएर आएँ। वोर्डले दिएको सिफारिस लिएर उदयपुरको कटारीमा रहेका बैंक जान थालें। 

पहिले पटक राष्ट्रिय बाणिज्य बैंकमा गएर सहुलियत कर्जाको लागि अनुरोध गरें तर बैंक म्यानेजरले भन्नुभयो, “तपाईको सिफारिमा कर्जा दिन मिल्दैन, विदेशमा लेवर काम गर्नेलाई सहुलियत ऋण दिन मिल्दैन।’’ 

सो पश्च्यात नजिकमा रहेका ‘क’ वर्गका बैंकहरु एनएमबी, सेन्चुरी,कृषि विकास बैंक, लगायत धेरै जसो बैंक गएँ। एनएमबी बैंक मेनेजरले भन्नुभयो “सहुलियत ऋण बारेमा मलाई थाहा छैन।’’ त्यसपछि कृषि विकास बैंकमा पुगें । बैंकले सहुलियत कर्जा दिन नसक्ने बताएपछि वैदेशिक रोजगार वोर्डबाट कुनै गुनासो र लोन दिने बैंकहरुले आनाकानी गरेमा फोन गर्नु भनेर दिएको ०१-४४११४०७ नम्बरमा फोन गरें । फोनमा भन्नुभयो ‘मलाई बैंक म्यानेजरसँग कुरा गर्न दिनु, मैले कुरा गर्न दिएँ। उहाँले म्यानेजरसँग कुरा गर्नु भयो। त्यसपछि बैंक म्यानेजरले भन्नुभयो ‘किन सहुलियत ऋण दिएको छैन। ए सुन्नुहोस न म राष्ट्र बैंक नियमन विभागबाट ..

तपाईलाई सहुलियत कर्जाबारे थाहा छैन ? किन छैन भनेको ? कृषि विकास बैंक कर्मचारीलाई राष्ट्र बैंकका कर्मचारीले भने 

‘ऋण छैन नभन्नुस तर लिन आएको मान्छेलाई यसो/ उसो फायल मिलेन भनेर घुमाएर फर्काईदिनु क्या, फोन गर्ने नबनाउनुस।  

यसरी नियमन गर्ने राष्ट्र बैंकबाट नै नदिन भनेपछि कसरी मिल्छ सहुलियत कर्जा ? बैंकको म्यानेजर बिदेस गएको काम गरेको सर्टिफिकेट माग्नुभयो तर लेवर काम गरेकोले नहुने कस्तो नियम ? 

सहुलियत ऋण नदिएर मलाई दुःख छैन तर म जस्तै अरुले दु:ख नपाउन सरकार। बिदेस काम गर्न जाने अधिकाम्श युवाहरु लेवर छन् । 

के पहिले फारम भरेको समयमा नै लेवर काम गर्न सहुलियत ऋण मिल्दैन भन्नुपर्थ्यो नि । मलाई भनेको भए यत्रो दुःख हुदैन थियो र पैसा खर्च हुदैन थियो । के लेवर काम गर्न जाने नेपालको युवा होइन ?  

के छ प्रावधान ?

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिमा ७ प्रकारका कर्जामा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा २ प्रतिशत थप गरी ब्याजदर तय गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । विदेशबाट काम गरेर फर्किएका युवाले बिनाधितो १० लाख रुपैयाँ सम्म सहुलियत कर्जा पाउने भनिएको थियो । अर्थात् आफूले जुन प्रकारको व्यवसाय गर्ने हो, सो व्यवसाय नै यस्तो कर्जाको धितो रहने व्यवस्था गरिएपनि हालसम्म सय जनाले पनि यो सुविधा पाएका छैनन्  ।

के भन्छन् जिम्मेवार अधिकारी 

ग्राहकको गुनासो पश्च्यात साझा सबाललले कृषि विकास बैंक कटारी शाखाका प्रमूख अजय कुमार शाहलाई टेलिफोन गरि जानकारी माग गरेको थियो । उनले सहुलियत कर्जाका लागि एक जना आएको तर उनलाई कर्जा दिन नसकिने जवाफ दिएको स्वीकार गरेका छन् । नेपाल राष्ट्र बैंकका कर्मचारीसंग भएको टेलिफोन कुराकानी को संग भएको थियो भन्ने बारे भने खुलाउन चाहेनन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलालाई हामीले सोध्यौं, राष्ट्र बैंक कर्मचारीले नै बैंक शाखालाई सहुलियत कर्जा नदिन भन्न मिल्छ ? जवाफमा उनले त्यसो भन्न नमिल्ने भन्दै भएको अडियो रेकर्ड सहित राष्ट्र बैंक आउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक