2026-10-16 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फाईल किनबेच नगर्न म्यानपावरलाई विभागको चेतावनी

साउन १४, काठमाडौं।  वैदेशिक रोजगार विभागले अर्को कम्पनीको फाईलमा श्रम स्वीकृति नलिन वैदेशिक रोजगार व्यवसायीहरुलाई चेतावनी दिएको छ। विभागले सोमबार वैदेशिक रोजगार व्यवसायीहरुका नाममा सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

विभागले श्रम स्वीकृति निकाल्दा रोजगारदाताको नामबाट पेश गर्ने अख्तियारनामा (पावर अफ एटर्नी) पुरै तीन वर्षको हुनुपर्ने जनाएको छ । विभागले भनेको छ “कूनै एक ईजाजतपत्र प्राप्त संस्थाले राहदानी र रकम बुझ्ने र अर्को म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेर कामदार विदेश पठाउँदा कामदार ठगिएको, वैदेशिक रोजगारमा गएका कामदारले करारमा उल्लेखित तलव तथा सेवा सुविधा नपाउने र श्रम स्वीकृति निकाल्ने म्यानपावर कम्पनीहरु एक आपसमा दोषरोपण गरेर उम्कन खोज्ने र  पीडित कामदारलाई क्षतिपूर्ति दिन आलटाल गरी अनावश्यक दुःख र हैरानी दिने गरेको पाइएको छ ।”

त्यसैगरी विभागले केही म्यानपावर कम्पनीहरु आफैले कामदार पठाउनुको सट्टा एजेन्ट बनेर काम गर्ने गरेको, म्यानपावर कम्पनीबीच कामदारको मागपत्र खरीद विक्रि हुने गरेको, विभागको कारवाहीमा परेर कारोबार रोक्का रहेका म्यानपावर कम्पनीहरुले अर्को कम्पनीमा फाईल पठाएर कामदार वैदेशिक रोजगारीमा पठाउने जस्ता विकृतीका रुपमा रहेको औल्याएको छ । 

विभागले यी म्यानपावर कम्पनीका कमजोरी औल्याई चेतावनी दिदै भनेको छ, ‘आगामी दिनमा यस किसिमका कुनैपनि कार्य कुनै पनि संस्था वा व्यक्तिबाट भएमा हदैसम्मको कानूनी कारवाही हुने छ ।’ 

विभागलाई वैदेशिक रोजगार ऐन २०६४ विरुद्ध काम गरे व्यवसायीलाई पहिलो पटक सचेत गराउने, दोश्रो पटक सोही कसुर दोहर्‍याएमा ५० हजार जरीवाना गर्ने र तेश्रो पटक पनि सोही गल्ती दोहर्‍याएमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभए एक लाख रुपैयाँ जरीवाना गरेर व्यवसायीको ईजाजत्र पत्र रद्द गर्ने सम्मको अधिकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु