2026-09-25 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म्यानपावर धरौटी’मा बैंकहरुबीच चर्को प्रतिष्पर्धा, कुन बैंकमा के छ स्किम ?

मनोज पराजुली | साउन १६, काठमाडौं । बैदेशिक रोजगारीको लागि काम गर्ने म्यानपावर कम्पनीहरुको धरौटीको लागि बैंक ग्यारेन्टी दिनको लागि वाणिज्य बैंकहरु विच तीव्र प्रतिष्पर्धा शुरु भएको छ । ‘क’ वर्गका बैंकहरुले म्यानपावर कम्पनीहरुलाई छुट्टा-छुट्टै स्किम दिएर व्यतिगत तथा संस्थागत रुपमा नै प्रस्ताव गरेका छन् । बैंक ग्यारेन्टी दिनका लागि प्राइम कमर्शियल बैंक, ग्लोबल आइएमई बैंक, सिभिल बैंक, सनराइज बैंक र प्रभु बैंकले नेपाल बैदेशिक रोजगार व्यवसायी संघ मार्फतनै समन्वय गरि स्किम दिएका हुन् । 

धरौटी रकम ६ करोडसम्म 

सरकारले ‘बैदेशिक रोजगार ऐन २०६४’ संसोधन गरि म्यानपावर कम्पनीहरुको धरौटी रकम ६ करोडसम्म पुर्याएको छ । वार्षिक तीन हजारभन्दा थोरै कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावरका हकमा ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाएमा एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र वार्षिक ५ हजारभन्दा बढि कामदार पठाएमा २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ । यो व्यवस्था अनुसार आगामी भदौ १८ अगाडी नै म्यानपावरले तोकिएको धरौटी रकम जम्मा गरिसक्नुपर्ने हुन्छ । थपिएको धरौटी रकम बैंक ग्यारेन्टी राख्नको लागि कुन बैंकले सस्तोमा दिएको छ भनेर व्यवसायीहरुले पनि बैंकहरुसंग छलफललाई तीव्रता दिएका छन् । 

बैंक ग्यारेन्टीका लागि बैंकका स्किमहरु  

हाल म्यानपावरले २३ लाख बैंक ग्यारेन्टी र ७ लाख नगद गरि ३० लाख धरौटी राखेर आफ्नो म्यानपावर संचालन गर्दै आएको अवस्थामा भदौदेखि त्यहि रकममा थपेर तोकिएको धरौटी पुर्याउने म्यानपावरले मात्र म्यानपावर संचालन गर्न पाउनेछन् । हालसम्मको व्यवस्था अनुरुप सबैभन्दा बढी प्राइम बैंकले म्यानपावर कम्पनीलाई बैंक ग्यारेन्टी दिएको छ । प्राइम पछि क्रमश: ग्लोबल आइएमई, सिद्धार्थ बैंक, सनराइज बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया, कुमारी बैंक, मेगा बैंक, जनता र कुमारी बैंकले म्यानपावर कम्पनीको धरौटीको लागि बैंक ग्यारेन्टी दिएका छन् ।

भदौ १८ पछि कायम हुने धरौटी रकम अनुसार न्युनतम १ करोड ५० लाख बैंक ग्यारेन्टीको लागि क्यास मार्जिन २५ लाख सहित ५ वर्षको लागि बैंकले कमिसन रकम ५ लाख लिने प्राइम बैंकका बागबजार शाखा प्रमुख शिभराज पन्तले जानकारी दिए । नगद बाहेक धितो राखेर पनि सहज र छिटो तरिकाले व्यवसायीले सेवा लिन सक्ने उनले बताए । 

त्यस्तै मेगा बैंकले बैंक ग्यारेन्टी रकमको क्यास मार्जिन २० प्रतिशत नगद लिने बैंकका नायब महाप्रवन्धक तुलसीराम पोखरेलले जानकारी दिए । तर धितोको हकमा सय प्रतिशत कभरेज हुनुपर्ने उनले बताए । कति प्रतिशत हुने भन्ने कम्पनीको व्यालेन्स सिटका आधारमा तय हुने भएकोले राम्रो कम्पनीलाई न्युनतम २० प्रतिशतमा नै दिन सकिने पोखरेलले बताए । सबै कम्पनीलाई सोहि आधारमा दिन नसक्ने भन्दै उनले भने “कम्पनीको लागि भए वार्षिक ८.५ प्रतिशतसम्म ब्याज दिन्छौं ।’’ व्यवसायी संस्थागत रुपमा आएमा त्यसमा पनि थप छलफल गर्न सकिने पोखरेलले बताए ।

त्यस्तै सनराइज बैंकले म्यानपावर कम्पनीलाई नै लक्षित गरि विभिन्न ४ प्रकारका सुविधा मध्ये एक लिन सक्ने गरि व्यवस्था गरेको बैंकका कर्पोरेट प्रमुख हरि आचार्यले जानकारी दिए । 

म्यानपावर भनेर हुँदैन सबै एकै प्रकारका हुँदैनन् भन्दै सिटिजन बैंक इन्टर्नेशनलका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने “बैंक ग्यारेन्टी हाम्रो प्रमुख बिजनेश हो, जोखिम हेरेर मुल्य निर्धारण गर्छौं ।’’ 

यता म्यानपावर व्यवसायीलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले छुट्टै स्किम नै दिएको छ । बैंकले डेढ करोडका लागि क्यास मार्जिन २५ लाख र बैंक कमिसन ४ लाख ५० हजार तोकेको छ । त्यस्तै गरि क्यास मार्जिन बैंक ग्यारेन्टीको २० प्रतिशत र ५ वर्षका लागि कमिसन ४ लाख तोकेको छ । तेश्रो विकल्पका रुपमा बैंकले क्यास मार्जिन सय प्रतिशत नै अर्थात् डेढ करोड रकम अथवा फिक्स डिपोजिट तोकेको छ, त्यसमा कमिसन रकम ३ लाख ५० हजार तोकिएको बैंकले जनाएको छ । 

त्यस्तै प्रभु बैंकले डेढ करोड बैंक ग्यारेन्टीको लागि ३० लाख नगद रकममा ५ वर्षका लागि ४ लाख ७५ हजार बैंक कमिसन तोकेको छ । 

बैदेशिक रोजगार विभागमा दर्ता रहेका १ हजार ५ सय २७ म्यानपावर कम्पनीमध्ये गत वर्ष १ हजार १ सय ७२ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । ति कम्पनीहरु मध्ये करिब ७ सय कम्पनीले बढेको धरौटी रकम राख्ने व्यवसायीहरुको आंकलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक