2026-10-16 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०४ म्यानपावर कम्पनी कारवाहीमा परे, कुन-कुन परे ? (सूचीसहित)

साउन १६, काठमाडौं | वैदेशिक रोजगार विभागले २ सय ४ म्यानपावर कम्पनीको सम्पूर्ण काम-कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई पिडित बनाएको र वैदेशिक रोजगार ऐन अन्तर्गत आवश्यक कागजात पेश गर्न नसकेको कारण म्यानपावर कम्पनीहरुको कामकारवाही रोक्का भएको हो ।

यसरी कारवाहीमा परेर कामकारवाही रोक्का भएका म्यानपावरहरुले रोक्का फुकुवा नगरेसम्म कुनै पनि युवालाई वैदेशिक रोजगारीमा पठाउन पाउदैन । विभागले विदेश जानेहरुलाई पिडित बनाउने मात्र नभई म्यानपावरमा काम गर्ने कर्मचारी विवरण नबुझाउने र पुराना मुद्दा फरफारक नगर्ने म्यानपावर कम्पनीहरुलाई समेत कारवाही गर्दै रोक्का गरेको छ । गत आर्थिक वर्षदेखि पीडितको उजुरीलाई आधार मानेर समेत विभागले म्यानपावरको काम कारवाही रोक्का गर्ने गरेको हो । बैदेशिक रोजगारीमा पीडितले विभागमा उजुरी दिएको आधारमा बिभागले म्यानपावरको कारवाही रोक्का गरेर समस्या समाधानको लागि बिभाग बोलाउने गरेको छ । म्यानपावरले पिडितको समस्या समाधान नगरे त्यस्ता म्यानपावरलाई निष्क्रिय सूचीमा राख्ने गरेको छ । 

बैदेशिक रोजगार विभागमा म्यानपावरका विरुद्ध चर्को अशुली, ठगी, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्को काम लगाउने गरेको, नक्कली डिमाण्ड बनाएर झुक्याउने गरेको, म्यानपावरले एजेन्टमार्फत ठगि गरेको, सामस्यामा परेका कामदारको उद्धार गर्न चासो नदिएको र म्यानपावरका शाखा कार्यालयबाट ठगी गरेको भन्दै पीडितहरुले विभागमा उजुरी दिने गरेका छन् । 

गत असार महिनामा मात्रै १४२ उजुरी परेका थिए । असारमा परेका उजुरीमा ९५ वटा म्यानपावरहरुको नाम मुछिएका थिए । बैदेशिक रोजगार बिभागको अनुसार गत आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र १२६३ उजुरी परेको थियो  भने व्यक्तिगत तर्फ बर्षभरीमा ७७६ उजुरी परेका थिए ।

बैदेशिक रोजगार बिभागको अनुसार गत आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र कुल रु. २९ करोड ६३ लाख २० हजार ४३४ मागदावी गरिएको थियो भने व्यक्तिगततर्फ ५३ करोड ६७ लाख २८ हजार ६८४ रुपयाँ मागदावी भएको थियो । 

वैदेशिक रोजगार विभागले २ सय ४ म्यानपावर कम्पनीको सम्पूर्ण काम-कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको म्यानपावरहरु सूची हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु