2026-10-16 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपराष्ट्रपतिसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट

साउन १७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले आज शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति भवनमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो ।

उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो । 

नेपालले राजनीतिक स्थायित्व हासिल गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै उपराष्ट्रपति पुनले मोरक्कोलाई लगानीका लागि आग्रह गर्नुभएको जनाइएको थियो । नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको 

छ । भेटमा राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्रराष्ट्र भएको बताउँदै कृषिलगायत विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालको कृषि क्षेत्र मोरक्कोको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु