2026-10-16 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारीमा पठाउन भन्दै अन्तर्वार्ता लिँदै गरेको म्यानपावरमा छापा (भिडियो हेर्नुहोस्)

मनोज पराजुली | साउन १८, काठमाडौं । बैदेशिक रोजगार विभागले मलेसियाको लागि भन्दै अबैध रुपमा कामदारको अन्तर्वार्ता लिने एक म्यानपावर कम्पनी संचालिकालाई २४ घन्टे पुर्जी काटेको छ। विभागले बत्तीसपुतलीस्थित क्लासिक ओभरसिज म्यानपावर (३५७/०५९/६०) की संचालिका शारदा न्यौपानेलाई आवश्यक कागजात सहित बयानका लागि विभाग उपस्थित हुन २४ घन्टे पुर्जी काटेको हो । 

म्यानपावर कम्पनीले अबैध रुपमा कामदारसंग अन्तर्वार्ता लिंदै छ, भन्ने जानकारी विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालसम्म पुगेको थियो । सो लगत्तै उनले आवश्यक कारवाहीका लागि तयार रहन मातहतका कर्मचारीलाई निर्देशन दिंदै शनिबार भएपनि स्थलगत अनुगमन गरि म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका थिए ।

बिभाग टोलि बिहान ९ बजे बत्तीसपुतली स्थित म्यानपावर कम्पनीमा पुग्दा मलेसियाको ‘वावा सन प्याकिङ कम्पनी’को लागि १ सय भन्दा बढी कामदारसँग कार्यालयमै अन्तर्वार्ता लिइरहेको पाइएको थियो। म्यानपावर कम्पनीले हिजो शुक्रबार अन्तर्वार्ता लिने तयारी गरेको तर अनुगमन हुने डरले आज शनिबार बोलाइएको कामदारहरुले बताएका छन् । अनुगमनका क्रममा मलेसियाबाट नै कम्पनीका प्रतिनिधि टोलि आएर कामदारसँग अन्तर्वार्तामा लिइरहेको भेटिएको हो । विभागले म्यानपावरमा छापा हानेर कामदारसँग अन्तर्वार्ता लिंदै गर्दा अन्तर्वार्ता नै रोकेको हो । 

विभागले अन्तर्वार्ता रोकेपछि अन्तर्वार्तामा खटिएका मलेसियन टोलीलाई म्यानपावर कम्पनीले कार्यालयबाट बाहिर लगेको थियो ।  

बिभाग टोलीले अनुगममा आएको लिखित पत्र दिंदै आवश्यक कागजपत्र उपलब्ध गराउन म्यानपावर संचालक शारदा न्यौपानेसँग आग्रह गरेको थियो । तर उनले मलेसियाको लागि नभई साउदीको लागि कामदार छनौटको अन्तर्वार्ता लिंदै रहेको जवाफ दिएकी थिइन् । म्यानपावर संचालिकाले साउदीको लागि भन्दै गर्दा लाइनमा बसेका कामदारले आंफुले भरेका फारम देखाउंदै मलेसियाको लागि हो, भन्दै हल्ला गरेका थिए । 

मलेसियाको लागि नै अन्तर्वार्ता लिएको पुष्टि भएसंगै विभाग टोलीले डिमाण्डको पुर्व स्वीकृति पत्र लगायत आवश्यक कागजात खोजि गरेको थियो तर म्यानपावर संचालिकाले अन्तर्वार्ता लिंदै गरेको कम्पनीको श्रम कार्यालय ताहाचलबाट लिइएको डिमाण्डको पुर्व स्वीकृति फाइल नभएको बताइन् । सो पश्च्यात अनुगम टोलीले कामदारसँग लिइएको ६० भन्दा बढी पासपोर्ट फिर्ता गर्न लगाएको छ । 

अन्तर्वार्ता पुर्व नै जिएसजी र मेडिकल 

म्यानपावर कम्पनीले अन्तर्वार्ता पहिले नै नयाँ बानेश्वरमा रहेको सहारा हेल्थ सेन्टरबाट मेडिकल गर्न लगाएको उदयपुरका सोमबहादुर आलेमगरले साझा सवाललाई बताए । मलेसिया खुलेको छ, अन्तर्वार्तामा आउनुस भनेर म्यानपावरले बोलाएपछि काठमाडौं आएको हो, सिराहाका भिम बहादुर सार्कीले भने ‘जिएसजी र मेडिकल गर्न लगाइयो तर आज अन्तर्वार्ता रोकियो अब हामीलाई क्षतिपूर्ति कसले दिन्छ।’ अन्तर्वार्तामा मलेसियाबाट नै प्रतिनिधि आउने भनेपछि विश्वास लागेर अन्तर्वार्ता दिन गाउँबाट काठमाडौंसम्म आएको उनले बताए ।  

गत मंगलबार नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी खुलाउन भन्दै विभाग घेरेका थिए। सो बेला विभागका महानिर्देशक भुसालसंग मलेसियाको पुर्व स्वीकृति लिएका डिमाण्डमा अन्तर्वार्ता लिन पाउनुपर्ने माग गरेका थिए तर त्यसको ४ दिन नबित्दै डिमाण्ड बिना नै म्यानपावरले मलेसियाको लागि अन्तर्वार्ता लिन थालेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो। यसअघि कामदारले गुनासो गर्दा पनि शनिबार भन्दै अनुगमन गर्न जान नमान्ने विभाग टोलीले शनिबार पनि अनुगमन शुरु गरेपछि कामदारहरुले केहि आशा पलाएको बताएका छन् । 

भिडियो हेर्नुहोस्

भिडियो: अनिल अधिकारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु