2026-10-16 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा महिला कामदारले सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा जान नपाउने

साउन २०, काठमाडौं । साउदी अरवमा अब महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरु जान नपाउने भएका छन् । साउदी अरबस्थित राजदूतावासले एक सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला कामदार लैजान दिने गरी मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । 

वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं  नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली बारम्बार गुनासो आएपछि दूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा पारिश्रमिक कम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको लगायतको गुनासो ब्यापक पाइएको थियो ।

त्यसैगरी  पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जाँदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु पमि महिला कामदारले दूतावास समक्ष राखेका थिए ।

सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइएएपछि अब यस्ता कम्पनीमा कामदार आपूर्तिका लागि म्यानपावरले पेश गर्ने मागपत्र प्रमाणीकरण रोक्ने निर्णय भएको हो ।

कामदार सर्वेक्षणपछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु