2026-10-16 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीहरु मर्ज गर्न सूचना सार्वजनिक, मर्जको समयावधि अब २४ दिन बाँकी

साउन २६, काठमाडौँ | बैदेशिक रोजगार बिभागले एक आपसमा गाभिन चाहने इजाजतपत्र प्राप्त संस्थाहरुका लागि गाभिने प्रकृया सम्बन्धी सूचना सार्वजनिक गरेको छ । 

सरकारले केही नेपाल कानुनमार्फत वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर व्यवसायीको धरौटी रकम बढाएसँगै धरौटी पुर्याउन नसक्ने म्यानपावर कम्पनीहरु एकापसमा गाभिन सक्ने नीति समेत छ । यसै अनुसार म्यानपावर कम्पनीहरु गाभिनको लागि बैदेशिक रोजगार बिभागले सूचना जारी गरेको हो । 

एउटै म्यानपावरले धरौटी रकम पुर्याउन नसके दुई वा दुई भन्दा बढी कम्पनी मर्ज भएर धरौटी रकम पुर्याउने सुबिधा दिन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले सैद्धान्तिक सहमति दिएको थियो ।

मन्त्रालयले केही दिन अघिमात्र म्यानपावर मर्जरको विषयमा नियमावली बनाएर वैदेशिक रोजगार विभागमा पठाएको थियो । म्यानपावर धरौटी तथा मर्जको समयावधी भदौ १८ गतेसम्म सकिने भएकाले त्यस अगावै म्यानपावर कम्पनीहरुले धरौटी रकम बुझाउनु पर्ने र उक्त रकम पुर्याउन नसक्नेले मर्ज भइसक्नु पर्नेछ । नयाँ नीति अनुसार म्यानपावर संचालनको लागि अब जम्मा २४ दिनको समयावधि रहेको अवस्थामा म्यानपावरहरु बीच गाभिने वा पैसा जुटाउने भन्नेमा तीब्र छलफल सुरु भएको छ । 

म्यानपावर कम्पनीहरु एकापसमा मर्ज हुनको लागि बिभिन्न ९ प्रक्रिया पुरा गर्नुपर्ने बिभागले जारी गरेको सूचनामा उल्लेख छ । 

एक आपसमा गाभिन चाहने इजाजतपत्र प्राप्त संस्थाहरुका लागि गाभिने प्रकृया सम्बन्धी सूचना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु