2026-07-25 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ दिनपछी म्यानपावरको शंख्या १५० मात्रै ?

साउन २६, काठमाडौँ | सरकारले धरौटी वृद्धि तथा म्यानपावर संचालनको लागि कडा नीति लिएसँगै म्यानपावरको शंख्या घट्ने निश्चित छ । तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारमा पठाउनमा सकृय म्यानपावरको शंख्या ७८१ मात्र रहेपनि हाल १२५० म्यानपावर बैदेशिक रोजगार बिभागमा दर्ता रहेका छन् । 

बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममा छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभागको निर्देशन अनुसार कम्पनीहरु गाभिने प्रक्रिया सुरु भएको जनाएको छ । १२५० वटा म्यानपावर कम्पनी गाभेर १५० वटा बनाउने तयारी भईरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताउंदै गर्दा भदौ १८ पछी म्यानपावरको शंख्या १५० मात्रै होला त ? यो शंख्या यसको तीन गुणा बढी हुनसक्ने अनुमान लगाउन सकिने धेरै आधार छन् । 

एक व्यवसायीका अनुसार भदौ १८ पछी म्यानपावरको शंख्या अहिलेको शंख्याको आधाभन्दा बढी हुनेछ । ति व्यवसायीका अनुसार म्यानपावरको शंख्या धरौटी पछि घट्ने निश्चित भएपनि डेढ दुईसय नभई ५ सयदेखि ७ सयको शंख्याको हाराहारीमा हुनेछ । ति व्यवसायीका अनुसार धरौटी तथा मर्जको लागि तोकिएको समय एक महिना भन्दा कम रहंदा धरौटी अघिनै मलेसियाको रोजगार खुलेको खण्डमा धरौटी राख्ने म्यानपावर शंख्या बढ्नेछ । उनले भने ‘मलेसिया नखुले वा खुल्ने ग्यारेन्टी नहुँदा त्यसले धरौटी राख्ने ५० भन्दा बढी म्यानपावरको शंख्यामा हेरफेर हुनेछ ।’ 

मन्त्री परिषद् बैठकले म्यानपावर कम्पनीहरुका लागि धरौटी रकम बृद्धि गरी २ करोड धरौटी रकम बुझाउनु पर्ने निर्णय गरेसँगै हालसम्म १९ म्यानपावर कम्पनीले मात्रै धरौटी बुझाएका छन् । एउटै म्यानपावरले तोकिएको धरौटी रकम पुर्याउन नसके दुई वा दुई भन्दा बढी कम्पनी मर्ज भएर धरौटी रकम पुर्याउने सुबिधा दिन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले सैद्धान्तिक सहमति बैदेशिक रोजगार बिभागलाई दिईसकेका छन् । उक्त आधारमा बिभागले साउन २६ गते सूचना जारी समेत गरिसकेको छ ।

म्यानपावरहरुले भदौ १८ गते पछि म्यानपावर संचालनको लागि ५० हजार नगद र १ लाख ५० हजार निक्षेप गरि २ करोड धरौटी रकम बुझाउनु पर्नेछ । हाल बैदेशिक रोजगारमा पठाउन इजाजत पाएका एक तीहाई म्यानपावरहरुले आफै एक्लैले धरौटी रकम जुटाउन सक्षम रहेको आशय देखाएका छन् । यही आशयलाई मध्येनजर गर्ने हो भने झन्डै ४०० म्यानपावर आफै धरौटी राख्ने सोचमा रहेको बुझिन्छ । बाँकी म्यानपावर मर्जबाट जोडिने सम्भावना छ । म्यानपावर व्यवसायीहरुबीच एकापसमा विश्वासको वातावरण नहुँदा त्यसको कारण मर्जमा समस्या पर्ने देखिएको छ ।

एक म्यानपावर व्यवसायीले बताए अनुसार आफूसंग धरौटी राख्न पैसा नभएपनि मर्जमा जाने सोच नबनाएको बताए । उनले भने ‘कसलाई विस्वास गरेर मर्जको लागि कुरा अगाडी बढाउँ, आफै अन्यौलमा छु । पार्टनरसिपमा म्यानपावर संचालन गर्दा भोली ठूलो समस्या पर्ने मेरो डर छ ।’ यी व्यवसायीको कुरालाई लिने हो भने धेरै म्यानपावर संचालकसंग उनको कुरा मिल्दो-जुद्दो छ । 

म्यानपावर कम्पनीहरुले अब मात्र २४ दिनको समयलाई सदुपयोग गर्दै मर्जमा जाने वा आफै एक्लै धरौटीको पैसा जम्मा गर्ने निर्णय लिन नसके म्यानपावर व्यवसायनै गुमाउनुपर्ने स्थिति आउनसक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक