2026-09-25 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६०० भन्दा बढी म्यानपावर बन्द हुँदै, हाई-अलर्टमा बिभाग !

अनिल अधिकारी | साउन २८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन अनुमति लिएका ६०० भन्दा बढी म्यानपावर कम्पनी बन्द हुने आंकलन गरिएको छ । सरकारले भदौ १९ देखि २ करोड धरौटी राख्ने म्यानपावरलाई मात्र संचालन हुन दिने तथा मलेसिया जस्तो मुख्य गन्तव्य मुलुकमा कामदार पठाउन रोक लागेपछि ठूलो शंख्यामा म्यानपावर बन्द हुने अवस्थामा पुगेको हो ।

तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारमा पठाउनमा सकृय म्यानपावरको शंख्या १०८१ मात्र रहेपनि हाल १२५० म्यानपावर बैदेशिक रोजगार बिभागमा दर्तामा रहेका छन् । यी मध्ये आधा भन्दा बढी म्यानपावर भदौ १९ पछी संचालनमा नरहने बैदेशिक रोजगार व्यवसायीहरुको आंकलन रहेको छ । गत आर्थिक बर्षको तथ्यांकलाई आधार मान्दा २०० भन्दा बढी कामदार पठाउने म्यानपावरहरुको शंख्या २९४ रहेको छ, जस मध्ये अधिकांशले धरौटी राख्ने सोच बनाएको बाँकी म्यानपावरहरु मर्जमा जाने वा व्यवसायनै बन्द गर्ने दोधारमा रहेको बुझिएको छ । 

बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममा छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभागको निर्देशन अनुसार कम्पनीहरु गाभिने प्रक्रिया सुरु भएको जनाएको छ । 

मलेसिया खुल्ने नखुल्ने अनिश्चित हुँदा मलेसियामै कामदार पठाएर म्यानपावर धानेका म्यानपावर व्यवसायीहरुलाई के गर्ने भन्नेमा ठूलो संकट परेको छ । धरौटि राख्ने अवधि तीन साता मात्र बाँकी रहंदा धरौटी अघिनै मलेसियाको रोजगार खुलेको खण्डमा भदौ १८ पछि म्यानपावरको शंख्या अहिलेको आंकलन भन्दा बढी हुने देखिन्छ तर हालसम्मको स्थितिले मलेसिया रोजगारी धरौटी वृद्धि अगावै नखुल्ने निश्चित जस्तै छ । 

दैनिक अनुगमनले म्यानपावरहरुमा आतंक 

बैदेशिक रोजगार बिभाग तथा संचार माध्यमहरुले चरम बेथितिका बीचमा संचालन हुँदै आएका म्यानपावरहरुमाथि नियमित अनुगमनमा ध्यान दिएपछि पछिल्लो समय म्यानपावरहरुमा अर्को आतंक फैलिएको छ । जसको कारण पनि म्यानपावर धरौटी राखेर भदौ १८ पछि पनि अहिलेकै अवस्थामा जस्तो चर्को अशुली गरेर म्यानपावर चलाउछु भन्नेमा म्यानपावरहरु स-शंकित भएका छन् । 

नियमित अनुगमनमा बिभाग केन्द्रित हुँदै गर्दा र नयाँ ऐनका कारण धरौटी पछि म्यानपावरलाई अहिले जस्तो सहज परिस्थिति नहुने निश्चित छ । बैदेशिक रोजगारीमा जाँदा चर्को शुल्क तिर्ने सम्बन्धि उजुरीहरु बढ्दै गर्दा बैदेशिक रोजगारीमा जाने युवा आफैले पनि म्यानपावरहरुको अशुलीविरुद्ध संचार माध्यमहरुमा दैनिक सूचनाहरु दिन थालेका छन् । त्यसो त बिभागमै पनि दैनिक उजुरी दिन पुग्नेहरुको शंख्या उत्तिकै छन् । 

बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले धरौटीको लागि आवश्यक रकम जोहो गर्न कतिपय म्यानपावरले बैदेशिक रोजगारमा जाने कामदारबाटै चर्को रकम अशुली गर्न सक्ने बुझेर बिभागले आफ्नो अनुगमन टोलीलाई हाई-अलर्टमा राखेको बताएका छन् । उनले भने ‘विदेश जाने कामदारमार्फत सूचना पाएपछि जुनसुकै म्यानपावर बिभागको अनुगमनको निशानामा पर्न सक्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक