२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि नेपालमै अन्तराष्ट्रियस्तरको तालिम, बसुन्धारामा खुल्यो ‘इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसन’

२०७६, ३१ श्रावण शुक्रबार १४:१९

मनोज पराजुली, साउन ३१, काठमाडौं। अत्याधुनिक सुविधासहित अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उदेश्यले काठमाडौंको बसुन्धरामा ट्रेनिङ सेन्टर संचालनमा आएको छ। शुक्रबार एक कार्यक्रमका विच बैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले ट्रेनिङ सेन्टरको उत्घाटन गरे।   


१० रोपनी जग्गामा अन्तराष्ट्रिय स्ट्राण्डर्डका ट्रेनिङ सामाग्रीका साथ इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसन प्रा. लिले सो सेन्टर संचालनमा ल्याएको हो। ट्रेनिङ सेन्टरबाट स्काफोल्डिंग, रोप एलेक्स, एल्मुनिएम तथा स्टिल फेब्रीकेशन, सटरिङ कार्पेन्टर, फिनिसिङ कार्पेन्टर, स्टिल फिक्सर, इन्सुलेटर, मेसन, वेल्डिङ् लगायत विषयमा तालिम प्रदान गरेर कामदारलाई दक्ष बनाउने उदेश्य रहेको कम्पनीका अध्यक्ष टेक बहादुर पौडेलले जानकारी दिए। 


आगामी दिनमा संस्थाले ७ वटै प्रदेशमा प्रदेश सरकारहरुसँग मिलेर शाखा विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले ६ महिना भित्र नै हस्पिटालिटी तालिम शुरु गर्ने तयारी गरिएको पौडेलले बताए।

बेलायतको मान्यता प्राप्त सिजर्स (CISRS अर्थात् Construction Industry Scaffolders Record Scheme) को स्काप फोल्डिङका विभिन्न लेवलका कोर्ष यसै सेन्टरबाट लिन सकिने पौडेलले बताए। CISRS प्रमाणपत्र अन्तराष्ट्रिय मान्यता पाउने भएकोले जिसिसि लगायत अन्य मुलुकका बहुराष्ट्रिय कम्पनी तथा सरकारी निकायले प्राथमिकता दिने उनले दावी गरे। यसै सेन्टरबाट बेलायतको इराटा अर्थात् डोरीमा झुन्निने ट्रेनिङको पनि विभिन्न लेवलका कोषहरूका साथै प्रमाणपत्र उपलब्ध गराइने उनले बताए। पछिल्लो समय ट्रेनिङको नाममा प्रमाणपत्र बेचिने गरेको भन्दै उनले इन्टरस्कापबाट त्यस्तो कार्य नहुने बताए ।


वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले सरकारले २३ हजार युवालाई सिपमुलक तामिल दिएर तालिमको मान्यता दिने तयारी गरेको अवस्थामा इन्टरस्काप जस्ता संस्था संचालनमा आउनु सकारात्मक भएको बताए। सरकारले कामदारलाई सिप सिकाएर मात्र विदेश पठाउने लक्ष्य राखेको भन्दै उनले सरकारको तर्फबाट आवश्यक सहयोग हुने आश्वाशन दिए। 


नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले अहिलेको अवस्थामा इन्टरस्काप जस्ता अन्तराष्ट्रिय स्तरको तालिम दिने संस्थाको आवश्यकता रहेको बताए। व्यवसायीले पनि २ पानाको प्रमाणपत्रको आधारमा कामदार पठाउने काम बन्द गर्नुपर्छ, जसका कारण कामदार विदेशबाट नेपाल फर्किएर उजुरी पर्ने गरेका छन् गुरुङले भने ‘कामदारको सीप परीक्षण गरेर मात्र विदेश पठाउन व्यवसायीले पनि सहयोग गर्नुपर्छ।’


ट्रेनिङ सेन्टरबाट बैदेशिक रोजगारीमा जानेहरुको लागि तालिम, अन्तर्वार्ता, तथा स्किल टेष्ट गराउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस