२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि नेपालमै अन्तराष्ट्रियस्तरको तालिम, बसुन्धारामा खुल्यो ‘इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसन’

३१ श्रावण २०७६, शुक्रबार १४:१९

मनोज पराजुली, साउन ३१, काठमाडौं। अत्याधुनिक सुविधासहित अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उदेश्यले काठमाडौंको बसुन्धरामा ट्रेनिङ सेन्टर संचालनमा आएको छ। शुक्रबार एक कार्यक्रमका विच बैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले ट्रेनिङ सेन्टरको उत्घाटन गरे।   


१० रोपनी जग्गामा अन्तराष्ट्रिय स्ट्राण्डर्डका ट्रेनिङ सामाग्रीका साथ इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसन प्रा. लिले सो सेन्टर संचालनमा ल्याएको हो। ट्रेनिङ सेन्टरबाट स्काफोल्डिंग, रोप एलेक्स, एल्मुनिएम तथा स्टिल फेब्रीकेशन, सटरिङ कार्पेन्टर, फिनिसिङ कार्पेन्टर, स्टिल फिक्सर, इन्सुलेटर, मेसन, वेल्डिङ् लगायत विषयमा तालिम प्रदान गरेर कामदारलाई दक्ष बनाउने उदेश्य रहेको कम्पनीका अध्यक्ष टेक बहादुर पौडेलले जानकारी दिए। 


आगामी दिनमा संस्थाले ७ वटै प्रदेशमा प्रदेश सरकारहरुसँग मिलेर शाखा विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले ६ महिना भित्र नै हस्पिटालिटी तालिम शुरु गर्ने तयारी गरिएको पौडेलले बताए।

बेलायतको मान्यता प्राप्त सिजर्स (CISRS अर्थात् Construction Industry Scaffolders Record Scheme) को स्काप फोल्डिङका विभिन्न लेवलका कोर्ष यसै सेन्टरबाट लिन सकिने पौडेलले बताए। CISRS प्रमाणपत्र अन्तराष्ट्रिय मान्यता पाउने भएकोले जिसिसि लगायत अन्य मुलुकका बहुराष्ट्रिय कम्पनी तथा सरकारी निकायले प्राथमिकता दिने उनले दावी गरे। यसै सेन्टरबाट बेलायतको इराटा अर्थात् डोरीमा झुन्निने ट्रेनिङको पनि विभिन्न लेवलका कोषहरूका साथै प्रमाणपत्र उपलब्ध गराइने उनले बताए। पछिल्लो समय ट्रेनिङको नाममा प्रमाणपत्र बेचिने गरेको भन्दै उनले इन्टरस्कापबाट त्यस्तो कार्य नहुने बताए ।


वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले सरकारले २३ हजार युवालाई सिपमुलक तामिल दिएर तालिमको मान्यता दिने तयारी गरेको अवस्थामा इन्टरस्काप जस्ता संस्था संचालनमा आउनु सकारात्मक भएको बताए। सरकारले कामदारलाई सिप सिकाएर मात्र विदेश पठाउने लक्ष्य राखेको भन्दै उनले सरकारको तर्फबाट आवश्यक सहयोग हुने आश्वाशन दिए। 


नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले अहिलेको अवस्थामा इन्टरस्काप जस्ता अन्तराष्ट्रिय स्तरको तालिम दिने संस्थाको आवश्यकता रहेको बताए। व्यवसायीले पनि २ पानाको प्रमाणपत्रको आधारमा कामदार पठाउने काम बन्द गर्नुपर्छ, जसका कारण कामदार विदेशबाट नेपाल फर्किएर उजुरी पर्ने गरेका छन् गुरुङले भने ‘कामदारको सीप परीक्षण गरेर मात्र विदेश पठाउन व्यवसायीले पनि सहयोग गर्नुपर्छ।’


ट्रेनिङ सेन्टरबाट बैदेशिक रोजगारीमा जानेहरुको लागि तालिम, अन्तर्वार्ता, तथा स्किल टेष्ट गराउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता