2026-10-16 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी भन्छन् ‘१० हजार’ को नक्कली पर्चा थमाएर कहिले सम्म कामदार विदेश पठाउने ?

भदौ २, काठमाडौं । म्यानपावर कम्पनीमा बैदेशिक रोजगार विभागले छापा हान्न शुरु गरेसंगै म्यानपावर व्यवसायीहरुले विभिन्न धारणा आउन थालेका छन् । पछिल्लो समय विभागले विभिन्न म्यानपावर कम्पनीमा अनुगमनलाई तीव्रता दिएको छ तर पनि त्यसको प्रभावकारिता अझै देखिएको छैन ।

प्याराडाइज मेनपावर त एउटा प्रतिनिधि पात्र मात्र हो! त्यो अबस्था भोलि १००० म्यानपावरलाई आउँछ ! प्याराडाइज म्यानपावरमा विभागले छापा हानेपछि एक व्यवसायीले दिएको प्रतिक्रिया हो यो । उनी भन्छन् “१० हजारमा विदेश त के श्रमस्वीकृति, मेडिकल पनि सकिदैन” भन्ने कुरा स्वयम् सरकारलाई पनि थाहा छ! तर, “नक्कली ऐन कानुनको दफा उपदफाको” आडमा कहिँ कतै बाट उजुरी पर्यो भने सरकार कारबाही गर्न पछि पर्दैन ! प्याराडाइजको जस्तो भोलि अरु मेनपावरको पनि हालत भयो भने भिजा आइसकेका व्यक्तिलाई हाल सालै राख्दै गरेको २-३ करोड धरौटिवाट कटौती हुनेगरी निशुल्क रोजगारीमा पठाएर स्वयम् मेनपावरवाला बैदेशिक रोजगारीमा लाग्दा हुन्छ! 

“फ्री भिजा फ्री टिकट” नियमलाई पनि स्विकार्ने, एउटै भिजालाई ५० हजार सम्ममा किनेर पनि ल्याउने भन्दै उनले म्यानपावर व्यवसायीको भूमिका माथि नै आक्रोश पोखेका छन् । ‘अझ दुताबासमा डिमाण्ड प्रमाणीकरण गर्दा लाग्ने खर्च, रोजगारदाताको अन्तरवार्ता अबधिको खर्च, आते-जाते हवाई टिकट खर्च पनि व्यहोरेर मेनपावर चलाइरहेका हामी मेनपावर ब्यबसायीले बेलैमा सोच्ने पो हो कि ?’ उनी भन्छन् 

अर्का एक व्यवसायी भन्छन् ‘स्थिति भयावह देखिएको छ, कुनै ब्यवसायीले यस्तो अवस्थामा कसरी काम गर्नेहुन्न र राज्यले कसरी गराउने हो, धरौटी बढाउन तछाड मछाड छ, तर यो राज्यको तर्फबाट थापिएको पासो हो, जुन पासोमा सबै ब्यवसायी पर्ने निश्चित प्रायः छ । सबैले यो बारेमा सोच्ने कि ?

सरकारले बैदेशिक रोजगारीको लागि देशगत लागत शुल्क तोकेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । खाडी देशमा निशुल्क भिषा र टिकटको व्यवस्था गरिएपनि त्यसको पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु