2026-10-16 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडीमा कार्यरत नेपाली महिला कामदारहरुलाई खुसिको खबर, अब नेपाल फिर्ने बाटो खुल्यो

भदौ ४, काठमाडौँ | खाडीमा कार्यरत नेपाली महिला कामदारहरुलाई खुसिको खबर छ । यस अघि खाडीमा कार्यरत घरेलु नेपाली महिला कामदारहरु नेपाल आएपछि फर्कन नपाउने भएका कारण नेपालनै नआई उतै बस्दै आएका थिए । अब त्यस्ता घरेलु कामदारलाई स्वदेश फर्किएर पुनः रोजगारीका लागि पहिलेकै रोजगारदाता कहाँ जाने बाटो खुला भएको छ । 

यो सहुलियत नेपालबाट खाडी जाने नयाँ घरेलु कामदारलाई भने प्राप्त हुनेछैन । जो पहिलेनै घरेलु कामदारको रुपमा खाडीमा बस्दै आएका छन, उनीहरुको लागि यो सहुलियतले नेपाल फर्किएर पुन: आफू पहिले गएको स्थानमा काम गर्न पाउने भएका हुन् । 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले स्वदेश फर्किएर रोजगारदाता कहाँ आफू सुरक्षित रहेको भनि निवेदन दिने कामदारलाई पुनः श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । यो निर्देशनले घरेलु कामदारलाई आफ्नो परिवारसँग मिलन गराउन सहयोग पुग्नेछ । 

२०७३ चैत २० गते तत्कालिन संसदीय समितिले खाडी तथा मलेसियामा घरेलु कामदार जान पूर्ण रोक लगाएसँगै श्रम मन्त्रालयले विदामा आएर पहिलेकै रोजगारदाता कहाँ काम गर्न जानेलाई समेत श्रम स्वीकृति दिन रोकेको थियो ।

घरेलु कामदारले स्वघोषित रुपमा सुरक्षित छु भन्ने प्रतिवद्धता गरिएको खण्डमा र त्यसमा विदेशस्थित नेपाली दूतवासको सिफारिस भएमा पुनः स्वीकृतिको व्यवस्था मिलाउने निर्णय भएको छ । बैठकमा सांसदहरुले पुनः श्रम स्वीकृति बन्द हुँदा घरेलु कामदारले आफ्नो परिवार भेट्नबाट वञ्चित हुनुपरेको भन्दै खुलाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु