2026-11-25 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको १० दिनपछि ६०० भन्दा बढी म्यानपावर खारेज हुँदै (बिभागको सूचना सहित)

अनिल अधिकारी | भदौ ८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन अनुमति लिएका ६०० भन्दा बढी म्यानपावर कम्पनी बन्द हुने आंकलन गरिएको छ । सरकारले भदौ १९ देखि २ करोड धरौटी राख्ने म्यानपावरलाई मात्र संचालन हुन दिने तथा मलेसिया जस्तो मुख्य गन्तव्य मुलुकमा कामदार पठाउन रोक लागेपछि ठूलो शंख्यामा म्यानपावर बन्द हुने अवस्थामा पुगेको हो ।

तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारमा पठाउनमा सकृय म्यानपावरको शंख्या १०८१ मात्र रहेपनि हाल १२५० म्यानपावर बैदेशिक रोजगार बिभागमा दर्तामा रहेका छन् । यी मध्ये आधा भन्दा बढी म्यानपावर भदौ १९ पछी संचालनमा नरहने बैदेशिक रोजगार व्यवसायीहरुको आंकलन रहेको छ । गत आर्थिक बर्षको तथ्यांकलाई आधार मान्दा २०० भन्दा बढी कामदार पठाउने म्यानपावरहरुको शंख्या २९४ रहेको छ, जस मध्ये अधिकांशले धरौटी राख्ने सोच बनाएको बाँकी म्यानपावरहरु मर्जमा जाने वा व्यवसायनै बन्द गर्ने दोधारमा रहेको बुझिएको छ । 

मर्ज वा धरौटीको लागि १० दिनको मात्र म्याद बाँकी छँदा झन्डै ८० म्यानपावरहरुले नयाँ नीति अनुसार आफ्नो प्रक्रिया पुरा गर्ने क्रममा छन् भने बाकि म्यान्पावरहरुको आफ्नो म्यानपावर धरौटी तथा नयाँ नियम अनुरुप जाने योजनामा धमाधम काम गरिरहेका छन् । बैदेशिक रोजगार बिभागले भदौ १८ अघिनै म्यान्पावरहरु नयाँ प्रक्रियामा आउन नसके स्वत: खारेज हुने जनाएको छ । 

बैदेशिक रोजगार बिभागले एक सूचना जारी गर्दै ध्यानाकर्षण गरेको पत्रमा भनेको छ ‘धरौटी वृद्बधि गरिसक्गनुपर्रने म्याद यही २०७६ भदौ १८ गतेसम्म मात्र भएको र अन्तिम दिनहरुमा सबैले एकसाथ धरौटी वृद्धि तथा गाभिने प्रकृयाका लागि निवेदन दिँदा बिभागमा अत्याधिक कार्यबोझ.चाप पर्ने हुने भएकाले छिटो भन्दा छिटो धरौटी वृद्धि गरिएको प्रमाण पेश गर्न वा गाभिनुपर्ने अवस्था भएमा गाभिन्को लागि बिभागबाट शैद्वान्तिक सहमति लिने काम गर्न अनुरोध गरिन्छ  । म्याद भित्र बैदेशिक रोजगार ऐन र नियमावलीको म्यादभीत्र बैदेशिक रोजगार ऐन नियामावलीको  संसोधित व्यवस्था पालना नगरेमा इजाजत पत्र रद्ध हुने सबैमा जानकारी गराइन्छ । 

बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममा छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभागको निर्देशन अनुसार कम्पनीहरु गाभिने प्रक्रिया सुरु भएको जनाएको छ । 

मलेसिया खुल्ने नखुल्ने अनिश्चित हुँदा मलेसियामै कामदार पठाएर म्यानपावर धानेका म्यानपावर व्यवसायीहरुलाई के गर्ने भन्नेमा ठूलो संकट परेको छ । धरौटि राख्ने अवधि अब एक साता मात्र बाँकी रहंदा धरौटी अघिनै मलेसियाको रोजगार खुलेको खण्डमा भदौ १८ पछि म्यानपावरको शंख्या अहिलेको आंकलन भन्दा बढी हुने देखिन्छ तर हालसम्मको स्थितिले मलेसिया रोजगारी धरौटी वृद्धि अगावै नखुल्ने निश्चित जस्तै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै