2026-10-16 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटी राख्ने म्यानपावरको शंख्या १११ पुग्यो, म्याद अब ९ दिन बाँकी

अनिल अधिकारी | भदौ ९, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउनको लागि सरकारले म्यानपावर कम्पनीले न्युनतम ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेसँगै म्यानपावर व्यवसायीहरुलाई यतिखेर भ्याई नभ्याई छ । म्यानपावर धरौटी राख्ने अवधि अब नौ दिन मात्र बाँकी रहेकाले बिभिन्न बैंक र बैदेशिक रोजगार बिभागमा धरौटी राख्न जानेहरुको भीड बढेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ संशोधनमार्फत सरकारले म्यानपावर कम्पनीले बुझाउँदै आएको धरौटी रकम र बैंक ग्यारेन्टी बढाएसँगै म्यानपावरको शंख्या आधा भन्दा बढी घट्न सक्ने देखिएको छ । नयाँ व्यवस्था कार्यान्वयनका लागि विभागले भदौ १८ गतेसम्मको समयसिमा तोकेको छ । जुन अब नौ दिन मात्र बाँकी छ । 

धरौटी जम्मा गर्ने दिन जम्मा ९ दिन मात्र बाँकी छँदा हालसम्म १११ वटा म्यानपावर कम्पनीले नयाँ नियम अनुसार धरौटी जम्मा गरेको बैदेशिक रोजगार बिभागका महा निर्देशक डा. भिष्म कुमार भुषालले साझा सबाललाई जानकारी दिए । झन्डै ६०० को हाराहारीमा म्यानपावर कम्पनीले नयाँ तोकिएको व्यवस्था अनुसार धरौटी तिर्न सक्ने आंकलन गरिएको बेला अबको नौ दिनमा झन्डै ५०० म्यानपावर कम्पनीको धरौटी जम्मा गर्न समय नपुग्ने स्थिति देखिएको बैदेशिक रोजगार बिभागका एक  कर्मचारीहरुले बताएका छन् । यसै सम्बन्धि जिज्ञाशामा बिभागका महानिर्देशक भुषालले धरौटी राख्ने म्याद थप्न नमिल्ने बताएका छन् । उनले भदौ १८ भीत्र जति म्यानपावरले धरौटी बुझाउन भ्याउँछन् त्यति मात्रै म्यानपावरको बैदेशिक रोजगारको अनुमतिपत्र कायम रहने बताए । उनले भने ‘बाँकी म्यानपावर भदौ १९ देखि स्वत: खारेज हुनेछन् ।’ 

बैदेशिक रोजगार बिभागले तोकिएको धरौटी रकम बुझाउन नसक्ने म्यान्पावर कम्पनीहरुलाई अन्य कम्पनीसँग मर्जरमा जाने सुविधा दिएकोले तोकिएको प्रक्रिया पुरा गरि बिभागमा यथासिघ्र आउन भनेको छ । केहि म्यानपावर व्यवसायीले समयावधि थपिने आशा राखे पनि कमसेकम म्यानपावर कम्पनी हुँदा बैदेशिक रोजगारको नियमन गर्न सहज हुने अधिकारीहरुको धारणा छ । यस्तो अवस्थामा राजपत्रमै तोकिएको म्याद भित्र म्यानपावर कम्पनीहरु धरौटी राख्न आईपुग्नुपर्ने बिभागको ताकेता छ । बिभागले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै म्यानपावर कम्पनीहरुलाई यथासिघ्र धरौटी राख्न आउन निर्देशन समेत दिईसकेको छ । 

बैदेशिक रोजगार बिभागले एक सूचना जारी गर्दै ध्यानाकर्षण गरेको पत्रमा भनेको छ ‘धरौटी वृद्बधि गरिसक्नु पर्ने म्याद यही २०७६ भदौ १८ गतेसम्म मात्र भएको र अन्तिम दिनहरुमा सबैले एकसाथ धरौटी वृद्धि तथा गाभिने प्रकृयाका लागि निवेदन दिँदा बिभागमा अत्याधिक कार्यबोझ/चाप पर्ने हुने भएकाले छिटो भन्दा छिटो धरौटी वृद्धि गरिएको प्रमाण पेश गर्न वा गाभिनुपर्ने अवस्था भएमा गाभिनको लागि बिभागबाट शैद्वान्तिक सहमति लिने काम गर्न अनुरोध गरिन्छ  । म्याद भित्र बैदेशिक रोजगार ऐन र नियमावलीको म्यादभीत्र बैदेशिक रोजगार ऐन नियामावलीको  संसोधित व्यवस्था पालना नगरेमा इजाजत पत्र रद्ध हुने सबैमा जानकारी गराइन्छ ।’

बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु