2026-10-16 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउनमा बैदेशिक रोजगारीमा ३२ हजार बढीले श्रम स्वीकृति लिए, कुन देशमा कति ?

भदौ १५, काठमाडौँ | चालु आर्थिक बर्षको पहिलो महिना ‘साउन’ मा मात्र बैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ३२ हजार ४०८ रहेको छ । गत आर्थिक बर्षको यही महिनामा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ३६ हजार ६३ रहेको थियो । गत बर्षको तुलनामा यस बर्षको साउन महिनामा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्यामा ३ हजार ६५५ को अन्तरले घटेको हो ।

तुलनात्मक रुपमा हेर्ने हो भने गत बर्षको साउन महिनामा म्यानपावर कम्पनी मार्फत बैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको शंख्या १८ हजार ५५९ रहेकोमा उक्त शंख्या घटेर यो बर्षको साउन महिनामा १५ हजार ६१८ रहेको छ । यसरी हेर्दा गत बर्षको साउनको तुलनामा यस पटक म्यानपावर मार्फत बैदेशिक रोजगारीमा जानेको शंख्या १६ प्रतिशतले कम रहेको छ । 

कुन देश कतिले लिए अन्तिम श्रम स्वीकृति ? 

साउन महिनामा बैदेशिक रोजगारीको लागि सबैभन्दा बढी युएई जानको लागि अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । बैदेशिक रोजगार बिभागको डाटा अनुसार साउनमा मात्र युएई जानको लागि ९ हजार ५९८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोश्रो नम्बरमा कतार रहेको छ । कतारको लागि ७ हजार ६६९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । साउन महिनाभरी  बैदेशिक रोजगारीको लागि कुन देशको लागि कतिले अन्तिम स्वीकृति लिए तल हेर्न सक्नुहुन्छ । तलको डाटा बैदेशिक रोजगारीमा पहिलेनै गएकाहरुको नविकरण सहितको डाटा हो । 

१. युएई – ९५९८

२. कतार – ७६६९

३. साउदी अरेविया – ६५८४

४. मलेसिया – ४१३१

५. कुवेत – १६०४ 

६. बहराइन – ४४३

७. जोर्डन – ३६९

८. ओमान – ३३७ 

९. साइप्रस – २१८

१०. जापान – २११

११. माल्दिभ्स – १७२

१२. माल्टा – १२९

१३. अफगानिस्तान – ११९

१४. मकाउ – ११८

१५. टर्की – १०९

१६.  रोमानिया –  ९४

१७. पोर्चुगल – ६३ 

१८. ब्रुनेई – ४६

१९. शेसेल्स – ४५

२०.  चाइना – ४१ 

२१. अमेरिका – २७

२२. चेक रिपब्लिक – २३

२३. पोल्याण्ड – २०

२४. इजरायल – १९

२५. न्युजिल्याण्ड – १७

२६. सिंगापुर – १६

२७. पनामा – १३

२८. पपुवा न्यु गिनी – ११

२९. श्रीलंका – ९

३०. फिनल्याण्ड – ८

३१. जर्मनी – ८

३२. रसिया – ८

३३. अष्ट्रेलिया – ७

३४. हंगकंग – ७

३५. मौरिसस – ७ 

३६. काय्मन – ६

३७. इजिप्ट – ६ 

३८. इस्टोनिया – ६ 

३९. युनाइटेड किंगडम – ६

४०. कम्बोडिया – ४ 

४१. क्यानडा – ४

४२. रिपब्लिक अफ कंगो – ४

४३. साउथ कोरिया – ४

४४. इटाली – ३ 

४५. लिथुनिया – ३

४६. नर्वे – ३

४७. सोमालिया – ३

४८. साउथ अफ्रिका – ३

४९. स्पेन – ३

५०. थाइल्याण्ड – २ 

५१. फिलिपिन्स – २ 

५२. आएरल्याण्ड – २ 

५३. क्रोएसिया – २

५४. बर्मुडा – १

५५. बुर्किना फासो – १

५६. कंगो – १

५७. इथोपिया – १

५८. गाबोन – १

५९. ग्रीस – १

६०. हंगेरी – १

६१. केन्या -१ 

६२. लाओ पीडीआर – १ 

६३. लाओस – १

६४. माली – १

६५. मेक्सिको – १

६६. मंगोलिया – १ 

६७. मोजाम्बिक – १

६८ . नेदरल्याण्ड – १ 

६९. नाइजेरिया – १

७०. सुडान – १

७१. तान्जानिया – १

७२. तुर्क्स एण्ड काइकोस आइसल्याण्ड – १ 

७३. भियतनाम – १

७४. वेस्ट इन्डिज – १

७५. जाम्बिया -१ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु