2026-10-16 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि बैदेशिक रोजगारीमा जानेलाई अनिवार्य नयाँ नियम लागू

भदौ १६, काठमाडौँ | बैदेशिक रोजगारीमा जानेहरुको लागि आजदेखि अनिवार्य बैंक खाता खोलेको हुनुपर्ने नियम लागू भएको छ । बैदेशिक रोजगार बिभागले केहि दिन अघि मात्र सुचना जारी गर्दै भदौ १६ गतेदेखि बैंक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने जानकारी गराएको थियो । 

बिभागको निर्देशन अनुरुपनै आजदेखि देशभर सातै प्रदेशका श्रम कार्यालय श्रम नवीकरण तथा नयाँ श्रम स्वीकृति लिन जानेहरुले बैंक खाताको विवरण पेश गर्नु परेको छ । बैंक खाताको विवरण अनिवार्य भएपछि बिभिन्न बैंकहरुमा विदेश जाने युवाहरुले बैंक खाता खोल्न थालेका छन् । 

काठमाडौँको पानीपोखरी स्थित एक बैंकमा बैंक खाता खोल्न फारम भन्दै एक युवा | तश्वीर: अनिल अधिकारी/सास 

यसैबीच बैदेशिक रोजगार बिभागका महा निर्देशक डा. भिष्म कुमार भुषालले श्रम स्वीकृतिको लागि फाराम भर्दा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त जुनसुकै वाणिज्य बैङ्कहरु वा विकास बैंकहरुमा खोलिएको सम्बन्धित कामदारको खाताको विवरण समेत अनिवार्य रुपले भर्नुपर्ने जानकारी दिए । डा. भुषालले आफ्नो खाता नहुनेले सबैभन्दा नजिकको हकवाला/परिवारको सदस्यको खाताको विवरण समेत गरे हुने जानकारी दिएका छन् । उनले बैङ्क खाताबाट कारोबार गर्नु आफ्नो र आफ्ना परिवारको हित र सुरक्षाको लागि भएको भन्दै बैंक खाताको अनिवार्य गरिएको बताए ।

तत्कालको लागि आफ्नो हकवालाको बैंक खाताको विवरण भएपनि हुने भनिएकोमा पछि क्रमश बैदेशिक रोजगारीमा जानेकै बैंक खाता अनिवार्य हुने बिभागके जनाएको छ । बिभागले विदेशबाट युवाहरुले आफ्नो तलब रेमिट्यान्स मार्फत आफ्नो बैंक खातामै नेपाल आओस भनेर नयाँ नियम ल्याइएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु