2026-10-16 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटी राख्ने म्यानपावरको संख्या ७५० पुग्यो, धरौटी बढाएर म्यानपावर घटाउने सरकारको योजना असफल !

मनोज पराजुली। भदौ १७, काठमाडौं। सरकारले बढाएको धरौटी अनुसार बैंक ग्यारेन्टी राख्ने म्यानपावर कम्पनीको संख्या ७ सय ५० पुगेको छ । मंगलबार साँझसम्म नगद र बैंक ग्यारेन्टी दुवै बुझाउने म्यानपावर कम्पनीको संख्या ६८२ पुगेको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । 

लगानी गर्न नसक्ने तथा एकाघरका व्यक्तिले चलाएका म्यानपावर मर्जरमा जानका लागि २ सय ८९ ले निवेदन दिएकोले ती गाभिई १ सय २५ कम्पनी कायम हुने भुसालले बताए । सरकारले धरौटी रकम वृद्धि गरेसंगे म्यानपावरको संख्या घट्ने र अनुगमन गर्न सहज हुने अपेक्षा लिएको थियो तर बैंकहरु विच प्रतिष्पर्धा भई न्यून रकममा बैंक ग्यारेन्टी लिन पाएका कारण म्यानपावरको संख्या थपिएको महानिर्देशक भुसालको भनाई छ । अन्तिम समयमा पनि व्यवसायीको भीड बढेकोले भोलि अन्तिम दिनसम्म म्यानपावरको संख्या ८ सय नाघ्ने अनुमान गरिएको भुसालले बताए ।

हाल प्राइम, ग्लोबल आइएमई, सनराइज लगायत बैंकले न्युनतम १९ लाख ५० मा नै डेढ करोडको लागि बैंक ग्यारेन्टी दिइरहेका छन् । धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते आउन १ दिन बाँकि रहंदा मंगलबार साँझसम्म म्यानपावर कम्पनी बैंकमा आउने क्रम नरोकिएको प्राइम बैंक बागबजार शाखाका शाखा प्रमुख शिभराज पन्तले बताए उनका अनुसार बैंक ग्यारेन्टी राख्ने मध्ये ९० प्रतिशतलाई प्राइम बैंकले बैंक ग्यारेन्टी सेवा दिएको बताए ।  

अन्तिम समयमा कार्यबोझ हुने भन्दै वैदेशिक रोजगार विभागले सकेसम्म छिटो धरौटी र बैंक ग्यारेन्टी पेश गर्न व्यवसायीहरुलाई विभागले आग्रह गरेको थियो तरपनि अन्तिम समयमा धरौटीको लागि विभाग पुग्ने क्रम झन् बढेको छ। वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था अनुसार व्यवसायीहरले यहि भदौ १८ गतेसम्म वृद्धि भएको बैंक ग्यारेन्टी र धरौटी पेश गरी सक्नुपर्छ। 

वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था अनुसार वार्षिक तीन हजारसम्म कामदार पठाउने लक्ष्य राख्ने म्यानपावर कम्पनीले धरौटीबापत ५० लाख रुपैयाँ नगदै र एक करोड ५० लाख रुपैयाँको बैंक ग्यारेण्टी, वार्षिक तीनहजार भन्दा बढी पाँचहजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थाले धरौटी बापत एक करोड रुपैयाँ नगदै र दुई करोड रुपैयाँको बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार भन्दा बढी कामदार पठाउने लक्ष्य राख्ने म्यापावर कम्पनी धरौटी बापत दुई करोड रूपैयाँ नगदै र चार करोड रूपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । 

गत वर्ष १ हजार ८१ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार विदेश पठाएका थिए ।  त्यसमध्ये एकाघर सगोलका व्यक्ति सञ्चालक भएका म्यानपावरहरुले एउटा कम्पनी मात्र सञ्चालन गर्न पाउने नियम आएपछि उनीहरु अनिवार्य मर्जरमा गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु