2026-09-25 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी बृद्धिको म्याद समाप्त, ३०३ म्यानपावर खारेज (बिज्ञप्ति सहित)

मनोज पराजुली | भदौ १८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी बृद्धिको म्याद समाप्त भएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम बृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला संस्थाहरुको संख्या ८४८ पुगेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । म्यानपावर संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य भोली मात्रै हुनसक्ने भएकोले ८४८ म्यानपावर संख्यामा हेरफेर हुनसक्ने उनले बताए । २ म्यानपावरले ६ करोड, ३ म्यानपावरले ४ करोड र ८४३ कम्पनीले २ करोड धरौटी बुझाएका छन् 

बिभागले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘कुनै संस्थाले बढेको धरौटी एक्लै पुरा गर्न नसक्ने भएमा वा एकै व्यक्तिले एक भन्दा बढी इजाजतपत्र लिएको अवस्थामा संस्था गाभिने मौका समेत दिइएकोमा जम्मा ३०३ संस्था गाभिई  १३१ संस्था बन्न पुगेका छन् । यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिई एउटा बनेको, पाँच-पाँच वटा संस्था गाभिई बन्ने संस्था २, चार-चार संस्था गाभिई बन्ने संस्था ९, तीन-तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुई-दुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहे ।’ 

बिभागले जारी गरेको बिज्ञप्ति अनुसार वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १५२७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भैसकेका थिए । बिभागले बिज्ञप्तिमा भनेको छ ‘भदौ १ गतेसम्म १३२३  संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए । कारोबार रोक्का भएका र निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी र धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने इजाजतपत्रवाला संस्थाको संख्या  ३०३ पुगेको छ । यो संख्या रुजु गर्ने क्रम जारी रहेकोले यसमा निकै सानो संख्या तलमाथि पनि हुनसक्छ ।’ 

अब भदौ १९ (भोली)देखि २ करोड धरौटी राख्ने म्यानपावर मात्र संचालन गर्न पाउने भए पछि यस अघिका झन्डै ४७५ म्यानपावर कम्पनी स्वत: खारेज हुनेछन् । यसै बिषयमा बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले म्यानपावर शंख्या १ हजार ३ सय २३ बाट झरेर ८ सय ४८ हुन आएको जानकारी दिए । 

गत आार्थिक वर्षमा कुल एक हजार ८१ वटा म्यानपावर कम्पनीले मात्रै श्रमिक पठाएका थिए । मर्जर प्रक्रियामा जानु पहिले एक हजार दुई सय ४७ वटा म्यानपावर कम्पनी क्रियाशिल रहेको बिभागले जनाएको छ । 

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी बढाएको थियो। यसअघि सबै म्यानपावर कम्पनीको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी रहेको थियो । बैदेशिक रोजगार ऐनको पछिल्लो संसोधनमा ३ हजारसम्म पठाउनेलाई २ करोड, ५ हजारसम्म पठाउनेलाई चार करोड र त्यसभन्दा बढी पठाउनेलाई ६ करोड धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार ८४८ म्यानपावर कम्पनीले तोकिएको धरौटी रकम राखेका हुन् । 

दुई म्यानपावर जसले राखे ६ करोड धरौटी 

काठमाडौँको गौशालामा रहेको द रिभर ओभरसिज प्रालि र इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले  ६/६  करोड धरौटी राखेका छन् । गत आर्थिक बर्षमा पांच हजार भन्दा बढी कामदार बैदेशिक रोजगारीमा पठाएको कारण रिभरले ६ करोड धरौटी राखेको हो । उसले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी कुल ६ करोड धरौटी राखेको हो । द रिभर ओभरसिसले गत आर्थिक वर्ष ५ हजार २ सय ५८ जनालाई वैदेशिक रोजगारीमा पठाएको थियो । इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्टले पनि ५ हजार बढी कामदार पठाउने लक्ष्यका साथ ६ करोड धरौटी राखेको हो । 

४ करोड धरौटी राख्नेमा ३ म्यानपावर 

एसओएस म्यानपावर सर्भिस, साउण्डलाइन रिक्रुटमेन्ट प्रा. लि र मोन्टेज ओभरसिज प्रालिले  ४ करोड धरौटी राखेका छन् ।  यी तीन कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड धरौटी राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक