2026-10-16 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी खुलाउन वार्ताका लागि नेपाली टोली मलेसिया प्रस्थान

भदौ २२, काठमाडौँ | मलेसिया रोजगारी खुलाउनको लागि सहमति हुन बाँकि रहेका विषय टुंगो लगाउन नेपाली वार्ता टोली मलेसिया गएको छ। नेपाल र मलेसियाका प्राविधिक टोलीबीच भदौ २४ र २५ गते हुने छलफलका लागि एक टोली आज मलेसिया गएको हो । 

वार्ता टोलीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी रहेको श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । दुई देशको प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झदारी अनुसार सहमति हुन बाँकि रहेका विषयलाई छलफलद्वारा टुंग्याउने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ ।

गत कात्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी भएको थियो। सो पश्च्यात बाँकी रहेका विषय मिलाउन दुई देशवीचको संयुक्त प्राविधिक टोली गठन गरिएको थियो । दुइ देशवीच यस पटक दोस्रो बैठक मलेसियामा हुन लागेको हो । यसअघि संयुक्त टोलीको बैठक काठमाडौंमा भएको थियो ।

श्रम समझदारी अनुसार मलेसियाले तयार गरेको स्वास्थ्य संस्थाको मापदण्डअनुसार छनोट भएका १ सय २२ संस्थाको नाम नेपालले मलेसिया पठाइसकेको छ । २०७५ जेठ २ गते अगाडिसम्म ३६ वटा स्वास्थ्य संस्थाले कामदारको मेडिकल गर्दै आएका थिए । तर ति सीमित संस्थाले सिन्डिकेट गरेको भन्दै श्रममन्त्री विष्टले मलेसिया रोजगारी नै बन्द गरेका थिए । 

पछिलो समय मलेसियाले हाल संचालनमा रहेका ३६ संथाबाट नै काम शुरु गर्ने र बाँकी सस्थाको वार्षिक कार्यतालिका अनुसार अनुगमन गरि संख्या थप गर्न सकिने भन्दै परराष्ट्र मन्त्रालय मार्फत श्रम मन्त्रालयलाई पत्र पठाइसकेको छ। तर मलेसियाको यस्तो पत्र अनुरुप सहमति गर्न नसकिने श्रम मन्त्रालय श्रोत बताउंछ। ३६ संस्थालाई नै हुनेगरी सहमति गर्न सकिंदैन श्रोतले भन्यो ‘बरु  ३/४ महिनाको समय दिन सकिन्छ, सो बेलासम्म सबै स्वास्थ्य संस्था समेटिनुपर्छ।’ 

श्रम समझदारी पश्च्यात मलेसियाको रोजगारी रोक्नुको कुनै कारण नभएको म्यानपावर व्यवसायीले बताउंदै आएका छन् । धरौटी राख्न लगाउने तर मलेसिया रोजगारी बन्द गर्ने भन्दै व्यवसायीले तत्काल खुलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गर्दै आएका छन् तर मलेसियाको रोजगारी खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु