2026-10-16 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउने सहमति

मनोज पराजुली । भदौ २६, क्वालालम्पुर । नेपाली कामदारको लागि मलेसियाको रोजगारी खुलाउने विषयमा  सहमति भएको छ । नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठकमा सहमति भएको हो । 

मलेसिया स्थित पुत्राजयमा मंगलबारबाट शुरु भएको दुई देश बीचका प्रतिनिधि सहभागी बैठकले ८६ स्वास्थ्य संस्थालाई अगामी नोभेम्बर पहिलो हप्ताबाट बार्षिक अडिट प्रकृयामा लैजाने सहमती भएको बैठकमा सहभागी टोलिका संयोजक राम प्रसाद घिमिरेले जानकारी दिए । नेपाल र मलेसियाबीच गत कात्तिकमा भएको ऐतिहासिक श्रम समझदारी कार्यान्वयनमा जानेगरी सहमती भएको घिमिरेले बताए । उनका अनुसार सेक्युरिटी गार्डको आपूर्तिका लागि पनि श्रम समझदारी अनुरुप नै प्रकृया शुरु गर्ने विषयमा सहमती भएको छ । 

नेपालले घरेलु कामदारको बिषयमा छुट्टै कानुनको माग गरेको बताउंदै हाल मलेसियाले पठाइएको ड्राफ्ट अध्ययन गरिएको उनले बताए । 

मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधि सहितको टोलि वार्तामा बसेका थिए ।

 सिण्डिकेट अन्त्य

श्रम मन्त्रालयको जिम्मेवारी लिएसगै श्रममन्त्री गोकर्ण  विष्टले बैदेशिक रोजगार क्षेत्रमा भएका सिण्डकेट हटाउने उद्घोष गरेका थिए । 

नेपालक‍ो माग अनुरुप स्वास्थ्य संस्था थपिएसंगै विगत १५ महिनादेखि रोकिएको मलेसियाको नयाँ श्रम स्वीकृती खुलाउन बाटो खुलेको छ । यद्यपि यस बिचमा कलिङ भिषा लागेका र म्यानपावरले २०७५ जेठ २ गते अगाडी डिमाण्डको पुर्व स्वीकृति लिएका फाईलमा भने अन्तिम श्रम स्वीकृति दिइएको थियो ।

मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग नेपालले गर्दै आएको थियो । समझदारी अनुरुप मलेसियाले नेपाल सरकारलाई मेडिकल संस्था छनौटको लागि मापदण्ड पठाएको थियो । सोही अनुरुप नेपालले १२२ संस्थाको नामावली मलेसिया पठाएको थियो । तर मलेसियाले यसअघि कामदारको स्वास्थ परिक्षण गर्दै आएका ३६ बटा संस्थाबाट काम शुरु गर्ने र अन्य संस्थालाई वार्षिक कार्यपालिका अनुरुप अनुगम गरि थप गर्दै जाने भन्दै नेपाललाई पत्र पठाएको छ । हाल वार्ताको प्रमुख एजेन्डा नै यहि विषय बनेको थियो। 

स्वास्थ्य संस्थाको थप्ने सहमती भएमा विगत १५ महिनादेखी रोकिएको मलेसियाको रोजगारी खुल्ने अपेक्षा गरिएको छ । गत वर्ष कार्त्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी पस्चात कामदारको लागत खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमती भएको थियो तर श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य संस्थाको सिन्डिकेट पनि अन्त्य हुनुपर्ने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु