2026-09-25 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयको कल सेन्टरद्वारा ९२ प्रतिशत गुनासा सम्बोधन

मनोज पराजुली। भदौ ३०, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रमिकको गुनासा सम्बोधन गर्न स्थापित कल सेन्टरले ९२ प्रतिशत गुनासा तथा जिज्ञासाको सम्बोधान गरेको जनाएको छ । साझा सवाललाई प्राप्त विवरण अनुसार कल सेन्टरले ९२ प्रतिशत गुनासा सम्बोधन गरेको डाटा देखाइएको छ । 

साझा सबाल मिडियाले पटक पटक कल सेन्टरको प्रगति विवरण सार्वजनिक गर्न श्रम मन्त्रालय र बैदेशिक रोजगार वोर्डको ध्यानकार्षण गर्दै आएको थियो । मौखिक जानकारीबाट सूचना प्राप्त नभएपछि सुचनाको हक अन्तर्गत लिखित निवेदन दर्ता गरिएको थियो । सो पश्च्यात बोर्डले संचालमा आएदेखि साउन महिनासम्मको प्रगति विवरण उपलब्ध गराएको हो ।

श्रम मन्त्रालयको कल सेन्टरमा श्रमिकको जिज्ञासा, तर म्यानपावरले लियो १ लाख १० हजार

बैदेशिक र आन्तरिक रोजगार क्षेत्रका श्रमिकका समस्या सुन्ने र समस्याहरुको तत्काल समाधानका लागि माताहतका निकायहरुलाई निर्देशन दिने उदेश्यले श्रममन्त्री गोकर्ण विष्टले गत चैत्र १८ गते कल सेन्टरको शुभारम्भ गरेका थिए । सो कल सेन्टर मार्फत गत साउन ३२ गतेसम्म १३ हजार २ सय ३२ गुनासा प्राप्त भएकोमा १२ हजार १ सय ३१ गुनासा सम्बोधन गरिएको बोर्डले जनाएको छ । 

श्रममन्त्री ज्यू , मन्त्रालयको ‘कल सेन्टर’को प्रगति विवरण लिन निवेदन नै दिनुपर्ने हो ?

कल सेन्टरमा श्रम मन्त्रालय, सामाजिक सुरक्षा कोष, बैदेशिक रोजगार विभाग, श्रम तथा व्यवासायजन्य सुरक्षा विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, बैदेशिक रोजगार बोर्डसंग सम्बन्धित गुनासा तथा जिज्ञासाहरु प्राप्त भएको पाइएको छ ।  

बोर्डले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै बैदेशिक रोजगार विभाग अन्तर्गतका गुनासाहरु प्राप्त भएको पाइएको छ । चैत्र महिनामा ९६, बैशाखमा ४३९, जेठमा १०४, असारमा ९३ र साउनमा ८८ गुनासा प्राप्त भएको पाइको छ ति मध्ये १ सय ४५ गुनासाको मात्र समाधान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक