2026-10-16 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया शून्य लागत सहित रोजगारी नियमित भएकोमा खुशी

भदौ ३१, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुशी व्यक्त गरेको छ । 

सङ्घका अध्यक्ष रोहन गुरुङले आज एक विज्ञप्ति जारी गर्दै सङ्घले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको सङ्घले जनाएको छ । 

नेपाल र मलेसिया सरकारबीच भदौ २६ गते भएको सहमतिले संघले उठाउदै आएको मागहरु सम्बोधन भएको र श्रमिकहरुको लागि पनि फलदायी हुने भएकाले सरकारको यो कदमलाई संघले स्वागत गरेको कुरा उल्लेख गरिएको छ । 

“दुईदेशबीचको सहमति पुर्व नेपाली श्रमिकले बिभिन्न संस्था र प्रणालीको नाममा ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेको थियो । सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ले देखाउनु भएको गम्भीर चासो तथा नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहल कदमीले मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको छ’।” विज्ञप्ति मा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु