2026-10-16 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन २ म्यानपावरमा छापा, विभाग टोली पुग्दा रकम लिंदै गरेको भेटियो (भिडियो सहित)

मनोज पराजुली । असोज २, काठमाडौं। बैदेशिक रोजगार विभागले एकै दिन २ म्यानपावर कम्पनीमा छापा मारेको छ । साउदी जान लागेका २ युवासँग १ लाख ३५ हजारसम्म रकम लिन लागेपछि २ म्यानपावर कम्पनीमा विभागले छापा मारेको हो।

ललितपुरको कुपन्डोलस्थित भ्रिन्दित सर्भिसबाट साउदीमा क्लिनरको जान लागेका लाखध्वज लिम्बुसंग १ लाख ३५ हजार रकम माग गरिएको थियो। सोहि म्यानपावरलाई २५ हजार बुझाईसकोको बताएका उनले म्यानपावर कम्पनीले मागेजति रकम नभएको जानकारी दिएका थिए । 

साथीसंग आवश्यक रकम मागेर म्यानपावरलाई बुझाउन जाँदा पैसा लिन अस्विकार गर्दै म्यानपावरले एजेन्टसंग नै डकुमेन्ट पठाएको भन्दै उसैलाई रकम बुझाउन लगाएका थिए। विभागको अनुगमन टोली आएको शंकामा म्यानपावर कम्पनीले पैसा नलिएपछि विभाग टोली नै म्यानपावरमा पुगेको थियो । 

केहिबेर अगाडी डकुमेन्ट नभएको बताएको म्यानपावरले बिभाग टोली पुगेसंगे कामदारको पासपोर्ट उपलब्ध गराएको थियो। सो पश्च्यात विभागले लिम्बुलाई तोकिएकै लागतमा साउदी पठाउने र कुनै समस्यामा नपार्नेगरि म्यानपावर संचालक जयराम अधिकारीले लिखित कागज गरेका छन् । साथै म्यानपावरलाई आवश्यक डकुमेन्ट सहित विभाग उपस्थित हुन पत्र काटिएको छ । 

त्यसैगरी विभाग अर्को टोलीले रातोपुलमा रहेको आर के म्यानपावर ग्रुपमा पनि छापा मारेको छ । साउदी दल अल करम  रेस्टुरेन्टको लागि कामदारबाट ४० हजार लिंदा लिंदै विभागले समातेको हो । यस अगाडी ५० हजार बुझाएका प्रितम पुन मगरसँग म्यानपावर कम्पनीले १ लाख रकम माग गरेको थियो । तर उनले ९० हजार रकम मात्र भएकोले पासपोर्ट र टिकट दिन आग्रह गर्दा म्यानपावर कम्पनीले कामदारलाई फिर्ता पठाएको थियो । 

सो पश्च्यात पीडितले म्यानपावर कम्पनी विरुद्ध विभागमा उजुरी दिएपछि विभाग टोली आकस्मिक अनुगमनमा गएको थियो । विभाग टोली म्यानपावर कम्पनीमा पुग्दा कामदारसँग रकम लिंदै गर्दा फेला पारेको हो । विभागले पीडितलाई सरकारले तोकेको लागतमा नै पठाउने सहमति गरेर म्यानपावरलाई लिखित पत्र काटेको छ । तर आरके म्यानपावर कम्पनीले कामदारलाई एजेन्टलाई नै १ लाख रकम दिएको भन्न लगाएर भिडियोमा बोल्न लगाएको जानकारी प्राप्त भएको छ । 

आवश्यक डकुमेन्ट सहित दुवै म्यानपावर संचालकलाई विभागमा हाजिर हुन भनिएको छ। साथै थप अनुसन्धान गरि आवश्यक कारवाही गरिने विभागले जनाएको छ। म्यानपावर कम्पनीको धरौटी वृद्धि भएसंगे बिभाग टोलीले एकै दिन २ म्यानपावर कम्पनीमा पहिलो पटक आकष्मिक अनुगमन गरेको हो। कामदारसँग चर्को शुल्क अशुल गर्ने म्यानपावर बिरुद्ध अनुगमन तीब्र पारिएको विभाग श्रोतले जनाएको छ। कामदारले विभागमा उजुरी दिएमा तोकिएकै लागतमा कामदारलाई विदेश पठाउने व्यवस्था गरिने विभागले जनाएको छ ।

यसअघि गत मंगलबार आर के म्यानपावर ग्रुपले ओमान जाने महिला कामदारसँग प्रति कामदार १ लाख २० हजार लिएको जानकारी बिभागलाई प्राप्त भएको थियो । तर पिडितहरुले सम्बन्धित म्यानपावरलाई पैसा बुझाई सकेको र उडानको अन्तिम समय भएको कारणले कारवाही प्रकृया अगाडी बढेको थिएन । 

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु