2026-10-16 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीको आजीए कम्पनीबाट फर्किएका १ सय ७० जनालाई क्षतिपूर्ति लिन बोलाइयो, कसले कति पाउने ?

असोज ३, काठमाडौं । वैदेशिक रोजगार विभागले टर्कीस्थित आईजीए कम्पनीबाट क्षतिपूर्ति आएको भन्दै श्रमिकहरुलाई क्षतिपूर्ति लिन आग्रह गरको छ ।  वैदेशिक रोजगारीका लागि टर्कीमा रहेको आजीए कम्पनीमा गएर करारपत्रमा उल्लेखित पूरा अवधि काम गर्न नपाई फर्किएका कामदारहरुले क्षतिपूर्तिका लागि विभागमा उजुरी गरेका थिए । 

विभाग र पाकिस्तानस्थित नेपाली राजदूतावासको पहलमा १ सय ७० जना व्यक्तिहरुको ९७ लाख रुपैयाँ भन्दा बढी रकम क्षतिपूर्ति वापत उपलब्ध भएको विभागले जनाएको छ । विभागले सक्कल राहदानी सहित क्षतिपूर्ति लिन आग्रह गरेको छ । 

सम्बन्धित व्यक्ति वैदेशिक रोजगारीमा विदेश गइसकेको भएमा सम्बन्धित व्यक्तिको टर्कीको भिसा स्टाम्पिङको पेज र टर्कीस परिचयपत्र समेतको प्रतिलिपि संलग्न गरी श्रीमान, श्रीमती र बुबा वा आमाले आफ्नो वडा कार्यालयबाट नाता प्रमाणित गराई वडाको सिफारिश सहित विभागमा क्षतिपूर्ति रकम दावी गर्न आग्रह गरेको छ । 

गतवर्ष चैतमा सन् २०१९ को अप्रिल २५ सम्मको श्रम स्वीकृति लिएर गएका नेपाली कामदार करार अवधि अघि नै फर्किएका थिए । उनीहरु मध्ये अधिकांशले ५६ हजार ८ सय ८५ रुपैयाँ क्षतिपूर्ति पाउने छन् । केहीले ७९ हजार पाउने विभागले जनाएको छ । विभागले असोज ७ गतेदेखि १२ गते भित्र क्षतिपूर्ति रकम लिन आग्रह गरेको छ । 

क्षतिपूर्ति पाउनेहरुको लिष्ट हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु