2026-09-25 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन तयारी: ‘संयुक्त व्यवसायिक समूह’ द्वारा ललितपुर क्षेत्रीय भेला

अनिल अधिकारी | असोज ५, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि सरोज कुमार पोखरेल नेतृत्वको ‘संयुक्त व्यवसायिक समूह’ ले ललितपुर क्षेत्रमा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम गरेको छ । 

सनिबार बेलुका ललितपुरको एल्लो दरवार होटल परिसरमा आयोजित कार्यक्रममा संयुक्त व्यवसायिक समूहको उम्मेदवारहरुले आफ्नो परिचय सहितको मन्तव्य व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै अधिकांश उम्मेदवारहरुले बैदेशिक रोजगार व्यवसाय धरासयी अवस्थामा रहेको बताउँदै त्यसको समाधानको लागि आफ्नो समुहलाई मतदान गर्न आग्रह गरे । 

उक्त भेलालाई सम्बोधन गर्दै संयुक्त व्यवसायिक समूह’ का तर्फबाट अध्यक्ष उम्मेदवार सरोज पोखरेलले बैदेशिक रोजगार व्यवसाय चुनौतीपूर्ण अवस्थाबाट गुज्रीरहेको भन्दै यो व्यवसायलाई जोगाउन तथा मर्यादित बनाउन आफ्नो प्यानललाई मतदान गर्न आग्रह गरे । उनले भने ‘संघको वर्तमान नेतृत्व बायोमेट्रिक हटाउन उद्दत भयो, यही नेतृत्वले ललितपुरका व्यवसायीलाई माईग्राम्सको नाममा पुलिसबाट जोगाएको इतिहाँस पनि छ । यही नेतृत्वले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी प्रस्ताव गरेको सरकारलाई झुकाएर ५० लाख मात्र नगद र डेढ करोड बैंक ग्यारेन्टीमा ल्याउन सफल भयो । यही नेतृत्वले पटक-पटक मन्त्रीलाई आग्रह गरेर मलेसियाको कलिङ भिषा आईसकेका तर मलेसिया जान रोकिएका २० हजार भन्दा बढी कामदारहरुलाई मलेसिया पठाउने बाटो खुलाउने काम गर्यो ।’ पोखरेलले आफ्नो जित भए नेपाल बैदेशिक रोजगार व्यवसायी संघको भवन निर्माण लागायत बिभिन्न काम गर्ने योजना सुनाए । पोखरेलले ललितपुर क्षेत्रका व्यवसायीहरुलाई यस पटकको निर्वाचनमा समेट्न नसकिएको स्मरण गर्दै ललितपुरले ठगिएको महशुस नगर्न पनि आग्रह गरे । उनले भने ‘यदी यो नेतृत्वले जित्यो भने ललितपुरका व्यवसायीलाई कसरी संघसँग जोड्ने भन्ने कुराको व्यवस्थापन गर्नेछौं । कुनै न कुनै ढंगले संघमा समावेश गरेर अगाडी बढाउनेछौं ।’ 

म्यानपावर व्यावसायीले बैदेशिक रोजगारीमा जाने कामदारलाई १० हजारमा पठाउन नसक्ने बिषयलाई जोड्दै पोखरेलले भने ‘१० हजारमा हामीले कामदार पठाईरहेका छैनौं, १० हजारमा हामी कामदार पठाउन सक्दैनौं ।’ उनले अगाडी भने ‘१० हजारमा पठाउन सक्दैनौं भन्दैमा हामीले १ लाख वा ५ लाखको माग गरेका पनि छैनौं, हामीले हजारौं कामदारलाई एक रुपयाँ पनि नतिराइ रोजगारीमा पठाएका छौं । हाम्रो माग इन्टरनेशनल प्राक्टिस अनुसार कामदारको १ महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउनुपर्छ भन्ने हो ।’ पोखरेलले राज्यले आफ्नो दायित्व पुरा नगरेर व्यवसाय गर्नेलाई नियन्त्रण गर्ने र आतंकित गर्ने नीति लिएको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे । उनले आफ्नो प्यानलले संघको नेतृत्व पाए बैदेशिक रोजगारीमा देखिएका यावत समस्याको समाधानमा अहोरात्र खटिएर व्यवसायीको हितमा काम गर्ने बताए । 

भेलालाई सम्बोधन गर्दै संयुक्त व्यवसायिक समूहका प्रथम उपाध्यक्ष हरि बहादुर पाण्डेले संघको निर्वाचनमा नेतृत्व चयन गर्दा राजनीतिक आस्थालाई भन्दा व्यवसायिक हितलाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरे । उनले भने ‘हामी संघमा व्यवसायीको हकहितको लागि जाने हो । तलब/भत्ता खान होइन, नि-स्वार्थ भावले काम गर्न जाने हो । हामीले व्यवसायीको समस्यालाई जानकारी पाए लगत्तै समाधान गर्नुपर्छ ।’ 

नेपाल बैदेशिक रोजगार व्यावसायी संघको निर्वाचनको लागि  ‘संयुक्त व्यवसायिक समूह’ को तर्फबाट अध्यक्ष पदमा निविदा कन्सर्न प्रा.लि.का संचालक सरोज कुमार पोखरेल, प्रथम उपाध्यक्षमा फ्युचर स्टार म्यानपावर प्रा.लि.का संचालक हरि बहादुर पाण्डे, द्वीतीय उपाध्यक्षमा गोल्डेन गेटवे इन्टरनेशनल प्रालिका संचालक मुक्तिनाथ अधिकारी र तृतीय उपाध्यक्षमा ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि. का संचालक अख्तर हुसेनले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै उक्त समूहको महासचिव पदमा सल्मानी ओभरसिज प्रालिका संचालक रामचन्द्र गिरि  (आरसी), सचिव पदमा अलकरिम ह्युमन रिसोर्स प्रालिका संचालक संजु गुरुङ र कोषाध्यक्ष पदमा के बि इन्टरनेशनल इम्प्लोईमेन्टकि संचालिका तेजमाया लिम्बु (तेजु) को उम्मेद्वारी रहेको छ ।

त्यस्तै सदस्य पदमा क्रमश: अल सदिल फर रिक्रुटमेन्ट प्रालिका संचालक होम प्रसाद तिमल्सिना, एडभान्स म्यानेजमेन्ट ग्रुप प्रालिका संचालक दलबीर भण्डारी, ओम ओभरसिज इम्प्लोयमेन्ट प्रालिका संचालक ओम् बहादुर न्यौपाने, रिलायन्स रिक्रुटमेन्ट सर्भिसेज प्रालिकि संचालिका सरिता घले, सालमा एचआर ओभरसिज प्रालिका संचालक सोम बहादुर तामाङ, अल नुर ओभरसिज प्रालिका संचालक नुर मोहम्मद मिया, सागर रिक्रुटमेन्ट प्रालिका संचालक दोर्जे शेर्पा, सुप्रिम ओभरसिज प्रालिका संचालक बाबुराम खड्का, इम्पावर एचआर म्यानेजमेन्ट प्रालिका संचालक केदारनाथ अधिकारी (दिपेन्द्र) र सन रे ग्लोबल ओभरसिज प्रालिका संचालक विरेन्द्र कुमार यादवको उम्मेद्वारी रहेको छ ।

यो पटक नेपाल बैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभा तथा निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागी हुने निर्वाचनमा सहभागी हुन  ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसंगै ८ सय ५४ म्यानपावर कम्पनी कायम भएपनि १ सय ९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

संघको निर्वाचनमा यसपटक नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र नेकपा तथा मधेशवादी दल समर्थित सहित मिलेर ‘संयुक्त व्यवसायिक समूह’ बीच भिडन्त हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक