2026-11-24 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायीलाई धरौटीको व्याज दिलाउनकै लागि संघको महासचिवमा उम्मेद्वारी : रामचन्द्र गिरी (आर.सी.)

असोज ५, काठमाडौं । सरकारले बढाएको धरौटी रकमको व्याज म्यानपावर व्यवसायीलाई दिलाउनकै लागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा महासचिवको लागि उम्मेद्वारी दिएको रामचन्द्र गिरी (आर सी) ले बताएका छन् । आइतबार धुम्बराहीको स्काइ जोन पार्टी प्यालेसमा सरोज पोखरेल सयुक्त ब्यवसायी समुहको चुनावी सभालाई सम्बोधन गर्दै रेग्मीले व्यवसायीका माझ आफ्ना प्रतिवद्धता राखेका हुन् ।

Image may contain: RC Giri, text

सरकारले बढाएको २ करोड धरौटीको व्याज दिलाउने हाम्रो प्रमुख एजेन्डा हो उनले भने ‘केवल एक व्यक्तिलाई मात्र संघमा जिताएर माग सम्बोधन हुनेवाला छैन, तसर्थ प्रगतिशील समुहको सम्पूर्ण टिमलाई आफ्नो अमुल्य मत दिनुहोला ।’ शल्मानी ओभरसिज प्रा. लिका संचालक रहेका गिरि प्रगतिशील समुहको विजय पश्च्यात व्यवसायीलाई धरौटीको व्याज दिलाएर नै छोड्ने बताउंछन् ।

निर्वाचनमा जीत हँसिल भए आफ्नो व्यवसाय छोडेर पनि व्यवसायीका माग सम्बोधनका लागि समय दिन तयार रहने उनले वाचा गरे । वार्षिक सय जना कामदार विदेश नपठाए लाइसेन्स नै खारेज हुने सरकारको नियमलाई परिमार्जन गर्न आवश्यक परे संघर्ष गर्न तयार हुने उनले बताएका छन् । उनले व्यवसायीका दु: खमा साथ दिन २४ सै घण्टा तयार हुने प्रतिवद्धता व्यक्त गरे ।

एनजीओ आइएनजीओले बनाएका कानून अब मान्य हुने छैन भेलामा उनले भने ‘२० औं वर्ष काम गरेका व्यवसायीले दिएको सुझावका आधारमा कानून बनाउन सरकारलाई सहयोग गर्नेछौं ।’

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्च र प्रगतिशिल बैदेशिक रोजगार मन्च र तराई बैदेशिक रोजगार फोरम मिलेर सरोजकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणासंगै चुनावी अभियानलाई तिब्र पारिएको छ । पोखरेलको समुहबाट संघको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तैगरी संघको सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिएका छन् ।  

संघको नयाँ नेतृत्व चयनको लागि असोज ७ मा हुने निर्वाचनमा सहभागी हुन ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि  १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् । संघको निर्वाचनमा लोकतान्त्रिक समुह र प्रगतिशील समुह विच प्रतिस्पर्धा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै