2026-10-16 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा ६२१ मत खस्यो, मतगणना शुरु हुँदै

असोज ७, काठमाडौं |  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा ६२१ जनाले मतदान गरेका छन्।  निर्वाचनका लागि ६ सय ५८ जना व्यवसायी प्रतिनिधिले नाम दर्ता गरेपनि ३७ जनाले मतदान नगरेको संघ अध्यक्ष रोहन गुरुङले जानकारी दिएका छन् ।

हायत होटलमा जारी संघको २७ औं साधारणसभा तथा निर्वाचनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ।  संघका निवर्तमान अध्यक्ष रोहन गुरुङका अनुसार मत गणना आजै राति ९ बजेबाट सुरु हुनेछ। 

संघको निर्वाचनमा नेकपा निकट व्यवसायीले सरोजकुमार पोख्रेल र नेपाली कांग्रेस निकट व्यवसायी विष्णु गैरेको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छन्। पोख्रेल समूहबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्धितिय उपाध्यक्ष मुक्तिनाथ अधिकारी, तृतिय उपाध्यक्ष अख्तर हुसेन, महासचिव रामचन्द्र गिरी, सचिव सन्जु गुरुङ र कोषाध्यक्षमा तेजमाया लिम्बुले उम्मेदवारी दिएका छन्।

गैरे समूहबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्धितिय उपाध्यक्ष कमलदेव मल्ल, तृतिय उपाध्यक्ष किसोरकुमार केसी, महासचिव सुजित श्रेष्ठ, सचिव मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दिरा गुरुङ उम्मेदवार छन् ।

लोकतान्त्रिक समुहबाट हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग प्रथम उपाध्यक्ष, मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्ष, एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

लोकतान्त्रिक समुहबाट संघको सदस्य पदका लागि डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल रहेका छन् । 

प्रगतिशील समुहबाट सदस्यका उम्मेदवारहरुमा होम प्रसाद तिमल्सिना (अल सदिल फर रिक्रुटमेन्ट प्रा.लि), दलबिर भण्डारी (एड्भान्स् म्यानेजमेन्ट ग्रुप प्रा.लि.), ओम बहादुर न्यौपाने (ओम ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि), सरीता घले (रिलाइन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि), सोम बहादुर तामाङ (साल्मा एच.आर.ओभरसिज प्रा.लि), बाबुराम खड्का (सुप्रिम ओभरसिज प्रा.लि), नुर मोहम्मद मियाँ (अल नुर ओभरसिज प्रा.लि), दोर्जे शेर्पा (सागर रिक्रुटमेन्ट प्रा.लि), केदारनाथ अधिकारी (दिपेन्द्र) (एम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.) र विरेन्द्र कुमार यादव (सन रे ग्लोबल ओभरसिज प्रा.लि) रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु