2026-10-16 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पठाउने भन्दै १ करोड भन्दा बढी ठगि, विभागले पुर्जी काट्दा समेत पक्राऊ परेनन् टोकनाथ

असोज १०, काठमाडौं | बैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै ठगीमा परेका पीडितहरुले न्याय नपाएको भन्दै गुनासो गरेका छन् । रोजगारीको लागि अमेरिका जाने आशामा लाखौं गुमाएका बैदेशिक रोजगार विभागले न्याय नदिएको गुनासो गरेका छन् ।

कसरी फसे युवा ? 

सप्तरीको एक स्कुलमा संगै पढेका थिए, टोकनाथ शाह (दिपक सोनी) र लव अलिले । तत्कालीन समयमा मधेशी जनअधिकार फोरममा आवद्ध थिए, टोकनाथ । सोही पार्टीमा आवद्ध भएकोले राजनीतिक आडमा युवालाई आशा देखाएर अमेरिका पठाउने आश्वाशन दिएको लव अलि बताउँछन् ।

अमेरिकामा एक कार्यक्रमा लैजाने भन्दै लव लगायत अन्य ४ जना साथीहरुसंग जनही ३० लाखका दरले रकम माग गरेका थिए । चिनाजानकै साथीले अमेरिकामा जान पाइने भनेपछि लोभिएका अलिले टोकनाथलाई एकमुष्ट ३० लाख रकम नगद दिएको बताउँछन् । एकमुष्ट ३० लाखका दरले रकम लिएपछि काम हुन्छ भन्दै महिनौं दिन हुँदै वर्ष दिन झुलाएको लव अलिले बताए ।

२ वर्षसम्म पनि तोकिएको काम अनुसार अमेरिका लैजाने कुनै प्रक्रिया शुरु नभएपछि अन्तत: अलि समुह टोकनाथ विरुद्ध बैदेशिक रोजगार विभागमा उजुरी हाल्न पुगे । सो पस्च्यात विभागले ठगि गरेको आरोपमा सप्तरीका टोकनाथ शाह (दिपक सोनी) लाई अनुसन्धानका लागि प्रक्राउ गरि उपस्थित गराउनका लागि २०७४ बैशाख १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पत्र काटेको थियो । तर पत्र काटेको २ वर्ष बित्यो न त, टोकनाथ पक्राउ परे, न पीडित समुहले आफ्नो रकम फिर्ता नै पाए ।

तश्वीरमा: टोकनाथ शाह (दिपक सोनी)

माथिको तश्वीरमा: टोकनाथ शाह (दिपक सोनी) लाई पक्राउ गर्न बैदेशिक रोजगार बिभागले काटेको पत्र ।

के भन्छ विभाग र प्रहरी ? 

पीडित समुहको गुनासो किन सुनुवाई भएन त ? बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले थप जानकारी लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।  घटनाबारे सप्तरी जिल्ला अन्तर्गत कंचनपुर इलाका प्रहरी कार्यालयका डिएसपी मकेन्द्र मिश्रले घटनाबारे जानकारी लिंदै शाहलाई छिट्टै पक्राऊ गर्ने बताए । साझा सबालालले घटनाबारे थप जानकारी लिन ठगीका आरोपित टोकनाथ शाहलाई सम्पर्क गर्दा उनले सो घटनाबारे कुरा गर्न मानेनन् । 

माथिको तश्वीरमा: टोकनाथ शाह (दिपक सोनी) लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरीलाई काटेको पत्र ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु