2026-10-16 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानीज भाषा परीक्षामा सहभागी हुन लक्की ड्र मार्फत छानिनुपर्ने, शुक्रबारबाट अनलाईन आवेदन खुल्यो

असोज १०, काठमाडौँ |  जापानमा नर्सिङ केयरगिभरका लागि जाने श्रमिकहरुले भाषा परीक्षामा सामेल हुन ‘लक्की ड्र’मार्फत सामेल हुनुपर्ने भएको छ । लक्की ड्रमा सहभागी हुनका लागि जापान फाउण्डेसनले शुक्रबारबाट अनलाईन दर्ता खुलाएको छ ।

शुक्रबार देखि आगामी अक्टोबर ३ बिहिवारसम्म आवेदन फारम भर्न जापान फाउण्डेसनले वेभसाईट मार्फत जानकारी दिएको छ । लक्की ड्र अनलाइन आवेदनका लागि कुनै पनि शुल्क लाग्दैन । जापान फाउण्डेसनले आवेदन दिएकामध्ये सफ्टवेयरको माध्यमबाट अक्टोबर ९ मा लक्की ड्र गरी त्यसमा छनोट हुनेहरुलाई परीक्षाका लागि भौचर भर्न दिने उल्लेख गरेको हो।

लक्की ड्रमार्फत छनोटमा परेकाहरुले ११ अक्टोबरमा भौचर लिनुपर्दछ। जसका लागि २ हजार ५ सय शुल्क लाग्ने जनाइएको छ। भौचर लिने सम्बन्धमा थप जानकारी लक्की ड्रको नतिजासँगै उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ। नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानी भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्नेछ। जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने पास गर्नुपर्ने जनाएको छ। नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्। परीक्षा कम्प्युटर बेस्ड टेस्टिङ विधिबाट लिइनेछ। ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यवहारिक हुनेछन्।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छन्। दुवै परीक्षाका लागि १ हजार जापनिज येन शुल्क लाग्नेछ।  २०७५ चैत ११ मा नेपाल र जापान विच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा  नेपालबाट नर्सिङ तथा केयर गिभरमा कामदार लैजान लागिएको हो।

अनलाइन आवेदनका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु