2026-09-25 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा मृत्यु भएका कामदारका आफन्तले स्थानीय तहबाट नै आर्थिक सहायता पाउने

मनोज पराजुली । असोज १५, काठमाडौं। बैदेशिक रोजगारीको क्रमममा मृत्यु भएका कामदारका आफन्तले अबदेखि आफ्नै स्थानीय तहबाट बैदेशिक रोजगार बोर्डबाट पाउने आथिक सहायता पाउने भएका छन् ।  सरकारले बैदेशिक रोजगार नियमावली २०६४ को पाँचौं संसोधन गरि बोर्डबाट पाउने सुविधा सम्बन्धित स्थानीय तहबाट नै पाउने व्यवस्था कार्यन्वयनमा ल्याएको हो । 

आथिक सहायताको लागि आफ्नो सम्बन्धित स्थानीय तह मार्फत निवेदन दिन सकिने व्यवस्था कार्यन्वयनमा आएको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । यसअघि आर्थिक सहायताको लागि निवेदन दिंदा निवेदक स्वयं वोर्डको सचिवालायमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । स्थानीय तहबाट आर्थिक सहायता वितरण दशैं लगत्तै कार्यन्वयनमा जाने कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

कामदारको आफन्तले स्थानीय तह मार्फत निवेदन दिएपछि सम्बन्धित स्थानीय तहले निवेदन प्राप्त भएको सात दिनभित्र प्राप्त कागजात, प्रमाण सिफारिस सहित सक्कली निवेदन बोर्डको सचिवालयमा पठाई सोको जानकारी निवेदकलाई दिनुपर्ने व्यवस्था गरिएको छ । वोर्डबाट आर्थिक सहायता प्राप्त गर्नका लागि तोकिएका आवश्यक कागजात पुरा भएमा कामदारको नजिकको हकवाला आफन्तको बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । देशभरिबाट सहायताका लागि नै काठमाडौं आउनुपर्ने बाध्यता हटेसंगै समय र पैसाको पनि बचत हुने उनले बताए ।

आर्थिक सहायताको लागि कामदार मृत्यु भएको १ वर्ष भित्रमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। हाल कागजी रुपमा डकुमेन्ट उपलब्ध गराउनुपर्ने व्यवस्थालाई सुधार गर्दै छिट्टै अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्नेगरी प्रक्रिया अगाडी बढाईएको श्रेष्ठले बताए । 

यस अघि विदेशमा रोजगारीको क्रममा मृत्यु भएकाहरुले खर्च गरेर काठमाडौंमा रहेको बोर्डको सचिवालयमा नै आएर निवेदन दिनुपर्ने बाध्यता रहेको थियो । आफ्नै स्थानीय तहबाट आर्थिक सहायता पाउने व्यवस्था कार्यन्वयनमा आएसंगै सेवाग्राहीलाई सहज हुनेछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकले आर्थिक सहायता लिनको लागि वोर्डमा नै आउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्घोष गरेका थिए । सोहि अनुरुप श्रम मन्त्रालयले  पीडितका आफन्तलाई आफ्नै स्थानीय तहबाट नै आर्थिक सहायता प्राप्त गर्ने गरि व्यवस्था गरेको हो ।

मृतक कामदारका हकवालाले आर्थिक सहायताको लागि निवेदनसंगै पेश गर्नुपर्ने कागजातहरु 

१. राहदानीमा गन्तव्य मुलुकमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ र राहदानी वाहकको राहदानी नं, नाम र फोटो भएको पृष्ठको प्रतिलिपि  । 

२. विदेश स्थित रोजगारदाता कम्पनि, नियोग/अस्पतालको मृत्युको प्रमाण र सव ल्याउँदाको प्रज्ञापन पत्रको प्रतिलिपि (विदेशमा मृत्यु भएकाको हकमा) । 

३. नेपालामाम्रित्यु भएकाको हकमा नोज बैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि । 

४. स्थानीय तहले गरेको मृत्यु दर्ताको प्रमंपत्रको प्रतिलिपि । 

५. हक्वालाको नागरिकता/नाता प्रमाणित र अविवाहित भे स्थानीय तहबाट आविवाहिक्ताको सिफारिस पत्र । 

६. स्थानीय तहबाट खुलेको फोटो र बैंकको नाम/शाखा र बैंक खाता नं रुजु सहितको बैंकको पत्र । 

७. नजिकको हक्वालाको पासपोर्ट साइजको एक प्रति फोटो । 

माथि उल्लेखित ७ प्रकारका प्रमाणित कागजात संलग्न गरि सम्बन्धित नगरपालिका/गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक