2026-10-16 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईको फेडरल सेक्युरिटीमा गएका युवाहरुको बिचल्ली: सम्झौता अनुसार न तलब, न काम

असोज ३०, काठमाडौँ | चार महिना अघि नेपालका एजेन्ट तथा म्यानपावरलाई ३ लाखदेखि ३ लाख ६० हजारसम्म बुझाएर दुबईको फेडरल सेक्युरिटी सर्भिस एलएलसी कम्पनिमा पुगेका युवाहरुले आफूहरुले सम्झौता अनुसार तलब र काम नपाएको भन्दै गुनाशो गरेका छन् । एसआरएस ओभरसिस मार्फत उक्त कम्पनीमा पुगेका उनीहरुलाई सिवाकोटी म्यानपावर तथा एजेन्टहरु मार्फत चर्को अशुली गरेर दुबई पठाइएको युवाहरुले जानकारी दिएका छन् ।

युएईबाट प्राप्त जानकारी अनुसार दर्जनौं नेपाली युवाहरुले उक्त कम्पनीमा काम नपाएको, काम पाउनेले पनि दैनिक काम गरेको आधारमा मात्र तलब पाएको, तलब दिए पनि सम्झौता अनुरुप नदिएको गुनाशो गरेका छन् । पिडित एक युवाका अनुसार कम्पनिले आफूलाई २८ दिन काम लगाएर ६/७०० दिराम मात्र तलब दिएको गुनाशो गरे । ‘कमाउन आएको तर सुतेर बस्नु परेको छ, भने जति तलब पनि दिदैन, एकै कोठामा १२ जना सुत्नुपर्छ, राति सुत्ने बेलामा कहाँ खालि छ हेरेर घुर्सिने हो ।’ एक युवाले आफ्नो समस्या सुनाए ।

अर्का एक युवाले ३ लाख तिरेर एजेन्टमार्फत कमाई गर्न भनेर दुबई आएको तर यहाँ आएर भनेजस्तो नभएको भन्दै नेपाल फर्केर बैदेशिक रोजगार बिभागमा उजुरी दिने योजना बनाएको बताए । उनले भने ‘गत जेठ १० गते दुबई आएँ । अन्तर्वार्ता लिन गएको कम्पनीको प्रतिनिधिले नै १२०० बेसिक दिने भनेको थियो । अहिले डीपीएस पास भईसक्दा पनि न भनेजति तलब छ न कामनै पाइन्छ । मैले चार महिनासम्म पाएको कुल तलब २७०० दिराम हो ।’ ति युवाको अनुसार उनले सम्झौता अनुसार हालसम्म ५४०० पाउनुपर्ने थियो तर आधा मात्र पाएपछि मिडिया गुहार्नु परेको गुनाशो गरे । उनका अनुसार तीन महिनासम्म १२ सय बेसिक त्यसपछि चौथो महिनाबाट १८ सय दिने भनिएपनि त्यस अनुरुप तलब पाउन नसकेको गुनाशो गरे । 

सोहि कम्पनीमा ८/९ महिना बिताएका युवाहरुले समेत तोकिएको तलब नपाएको युवाहरुको गुनाशो छ । पिडितले भने ‘चार महिनामा २७०० थापेको छु, त्यसैबाट झन्डै झन्डै पाँच महिनासम्म खान र फोन खर्च गर्दा कसरी पैसा बचाउने र घरमा पठाउने ?’ ति युवाले भने ‘१२ जना एउटै रुममा राखेको छ, आधा जस्तो काम गर्न जान्छन्, कोहि सुतेर बस्छन् ।’ 

पिडितले एजेन्टसँग सम्पर्क गर्दा समस्या कसैलाई सुनाईस भने युएईको पुलिसले तलाई थुन्छ भन्दै डर देखाएको कारण डराएर बस्नु परेको बताए । पिडितका अनुसार उक्त कम्पनीमा २०० भन्दा बढी नेपाली कामदार छन् । आफू दुबई आउँदा तीन लाख बढी तिरेको बताएका उनले दुबई जाने दिन लागत खर्च २० हजार अपुग भएकै कारण बिमानस्थलबाटै निकालिएको बताए । उनले भने ‘आमाबुबाले २० हजार मिलाईदिएपछि म बिमान स्थल छिरेको हुँ । त्यत्रो लागत तिरेर केहि कमाई हुन्छ कि भन्ने आशाले आएको यता त्यहि बेलाको ऋणको ब्याज समेत तिर्ने तलब कमाउन सकेको छैन ।’ 

अर्का पिडित युवाले भने ‘के सपना बोकेर आएको के-के ? न ड्युटी न् तलब ।’ उनका अनुसार कम्पनीले नेपाली र पाकिस्तानीलाई फरक व्यवहार गर्ने गरेको छ । उक्त कम्पनीले पाकिस्तानीलाई हरेक महिनाको २५ तारिक तलब दिने गरे पनि नेपालीहरुलाई धेरै समय कुराएर मात्र तलब दिएको गुनाशो गरे । 

यसै बिषयमा साझा सबाल मिडियाले बुझ्दा दुबईको फेडरल सेक्युरिटी कम्पनिलाई २०१९ को सुरुवातमा कामदार पठाएका योङ म्यानपावर प्रा.लि का संचालक शालिकराम दाहालले कम्पनी ठीक नलागेकै कारण उक्त कम्पनीमा आफूले कामदार पठाउन छाडेको जानकारी दिए । दाहालले यसअघि पनि उक्त कम्पनीबाट नेपालबाट गएका कामदारहरुले तलब नपाउने तथा काम नपाउने समस्या आएको जानकारी दिए । 

अहिले समस्यामा परेका युवाहरुलाई फेडरल सेक्युरिटी कम्पनिले दिएको अफर लेटर अनुसार पहिलो तीन महिनासम्म कम्तिमा ८ सय र तीन महिना पछि १८ सय तलब पाउने उल्लेख छ । तर कम्पनीले सम्झौता अनुसार तलब दिएको छैन । त्यसमा पनि पहिले नै उक्त कम्पनीमा पुगेका युवाहरुले ७/८ महिना बिताउँदा समेत तोकिएको तलब नपाएको कारण आफूहरु स्-शंकित भएको युवाहरुले बताए । 

यस बिषयमा सम्बन्धित म्यानपावर कम्पनीलाई साझा सबाल मिडियाले गत भदौ ३० गतेनै जानकारी गराइएको भएपनि म्यानपावरले समस्याको समाधान गरेको छैन । म्यानपावर संचालकले कम्पनीसंग स्यालरी डिटेल मगाएको जानकारी दिएपनि सूचना मागेको एक महिना बितीसक्दा पनि मिडियाले उक्त डिटेल प्राप्त गर्न सकेन । 

पिडितहरुले सम्झौता अनुसार काम नपाएपछि नेपाल फर्कन चाहेको भए पनि म्यानपावरको सल्लाह अनुसार ६ महिना नकाटी फर्कन नपाउने र फर्किदा एक लाख तिर्नुपर्ने सर्त राखेको बताएका छन् । पिडितहरुले साझा सबाल मिडियामा समस्याको समाधानको लागि जानकारी गराए पस्च्यात कम्पनीले पिडितहरुलाई उनीहरुले भनेजति कागजातमा हस्ताक्षर गरेर मात्र नेपाल फिर्ता गर्न सकिने बताएको छ । 

पिडितका अनुसार फेडरल सेक्युरिटी सर्भिस एलएलसीले सेक्युरिटी गार्डमा कामको लागि लागिएको भएपनि नेटको तार फिट गर्ने काम लगाएको छ । सो कम्पनीमा पिडित अधिकांश युवाहरुले आफ्नो पिडा बताउन डराएको एक युवाले बताए । उनले भने ‘यस्तो समस्याग्रस्त कम्पनीमा अझै म्यानपावरले कामदार पठाउदै छ भन्ने सुनेका छौं । हामी त ठगियौं, अब अरु नेपाली दाजु भाई नठगिउन् भन्ने हाम्रो चाहना हो ।’ पिडितका अनुसार सोहि कम्पनीले रोजगारीमा केहि नेपालबाट थप युवाहरु ल्याउन लागेको दावी गरेका छन् । 

सम्बन्धित भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु