2026-09-25 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आप्रवासन क्षेत्र सुधारमा सहकार्य गर्न मन्त्री विष्टको आह्वान’

असोज ३०, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासन क्षेत्र सुधारमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका लागि आह्वान गर्नुभएको छ । 

संयुक्त अरब इमिरेट्स (युएइ)मा जारी अबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकअन्तर्गत ‘अन्तर क्षेत्रीय सहकार्य’ विषयको उच्चस्तरीय छलफलमा भाग लिँदै उहाँले नेपालको एकल प्रयासबाट मात्रै आप्रवासन क्षेत्र सुधार हुन नसक्ने बताउनुभयो । उहाँले द्विपक्षीय तथा क्षेत्रीय प्रयासबाट नै आप्रवासी कामदारले महत्वपूर्ण लाभ हासिल गर्नेमा नेपाल विश्वस्त रहेको बताउनुभयो ।  

“मलाई विश्वास छ आजको छलफलले क्षेत्रीय परामर्श प्रक्रियाबीचको आपसी सहकार्यलाई अघि बढाउन सहयोग पुर्याउनेछ”, मन्त्री विष्टले भन्नुभयो । आप्रवासनको क्षेत्रमा देखिने गरी सुधार ल्याउन निरन्तर संवादको खाँचो रहेको उहाँको भनाइ थियो । 

कोलम्बो प्रोसेस र अबुधावी डायलगजस्ता क्षेत्रीय परामर्श मञ्चका बैठकले सुरक्षित आप्रवासन तथा गतिलो सहकार्यका लागि मार्ग पहिल्याउनुका साथै आप्रवासन क्षेत्रलाई मर्यादित, व्यवस्थित बनाउने सन्दर्भमा राम्रा अभ्यासलाई सहजीकरण गरेको उहाँले बताउनुभयो । 

नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । प्रोसेस कामदार पठाउने एशियाली मुलुक सहभागी रहेको क्षेत्रीय परामर्श मञ्चका रुपमा रहेको छ, जसमा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् । 

प्रोसेसले पनि आप्रवासनलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन छलफल गर्दै आएको छ । प्रोसेसमा विभिन्न पाँच विषयगत क्षेत्रमा केन्द्रित भएर आप्रवासनका क्षेत्रमा देखिएका परिवर्तनका बारेमा बहस हुँदै आएको छ । सीप तथा क्षमता अभिवृद्धि, विप्रेषणको व्यवस्थापन, कामदारको मर्यादित भर्ना, पूर्वप्रस्थान अभिमुखीकरण र श्रम बजारको विश्लेषणलगायत क्षेत्रमा सुधारको काम भइरहेको छ ।

क्षेत्रीय परामर्श मञ्च आफैँमा ज्ञान उत्पादनसँग जोडिएको उल्लेख गर्दै मन्त्री विष्टले कोलम्बो प्रोसेस र अबुधाबी डायलग दुवै आप्रवासन सुशासनसँग सम्बन्धित सान्दर्भिक विषयवस्तुमा आधारित अध्ययनमा केन्द्रित रहेको बताउनुभयो । 

उहाँले नेपाल हाल कामदारको हक अधिकार रक्षार्थ कानूनी तथा नीतिगत सुधारमा केन्द्रित भएको जानकारी दिनुभयो । मन्त्री विष्टले कामदारको मर्यादित भर्ना प्रक्रिया, समयोचित व्यवहार र वैदेशिक रोजगारमा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने विषयलाई नेपालले प्रवद्र्धन गर्दै आएको बताउनुभयो ।

पछिल्लो समय सरकारले आन्तरिक रोजगारी अभिवृद्धिका साथै वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बताउन विभिन्न कदम चाल्दै आएको छ । नेपालले श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात गरी समयानुकूल समझदारी गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । 

अबुधावी डायलगको अध्यक्षता गरेकामा युएइ सरकारलाई बधाई दिँदै उहाँले अन्तर–क्षेत्रीय सहकार्यलाई थप बढोत्तरी दिन यूएईले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा सहभागी हुन तीन सदस्यीय नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै मन्त्री विष्ट मङ्गलबार युएइ प्रस्थान गर्नुभएको थियो । सो क्रममा उहाँले युएइका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीसँग भेटवार्ता गरी त्यहाँ कार्यरत नेपालीको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्ने विषयका साथै नेपाली कामदारको सीप विकासका लागि नेपाल सरकार र युएइ सरकारबीच सहकार्य गर्ने विषयमा छलफल गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक