2026-10-16 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केर वार्षिक डेढ करोड आम्दानी, माओवादी सेना-दुवई पुलिस हुँदै अब आफ्नै माटोमा

अञ्जली थापा | कात्तिक १, हेटौडा | मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताउनुभएको छ । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उहाँले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ ।

उहाँले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा, माछा, बङ्गुर र खसीबोका पाल्नुभएको छ । उहाँको फार्मले आम्दानी दिन शुरु गरिसकेको छ । फार्ममा हाल करीब दुई हजार पाँच सय लोकल कुखुरा, ३० वटा जती ब्याउने अबस्थामा रहेको पोथी बङ्गुर, माछा र खसीबोका छन् । 

उहाँले पाल्नुभएका २८ पोथी बंगरले जन्माएका करिब एक हजार पाँच सय बंगुरका बच्चा बिक्रीबाट करिब रु.९० लाख आम्दानी भएको उहाँले बताउनुभयो । एउटा पोथी बंगुरले एक बर्षमा करिब ५० बच्चा जन्माउने र एउटा बच्चा रु. आठ हजारसम्म बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी उहाँले पाल्नुभएका लोकल कुखुराले पनि आम्दानी दिइसकेका उहाँको भनाई छ । माछा बजारमा लैजान तयारी अबस्थामा रहेका उहाँले बताउनुभयो । पोखरीमा ३५ हजार माछा रहेकामा कम्तीमा ३० हजार किलो माछा बेच्न सकिने लक्ष्य उहाँको छ । माछाबाट करीब रु १० लाख आम्दानी हुने अनुमान उहाँको छ । प्रत्येक छ महीनामा माछा झिक्न सकिने उहाँ बताउनुहुन्छ । 

खसीबोकाका लागि भने अझ केही समय लाग्ने अनिताले जानकारी दिनुभयो । तिहार लगत्तै माछा बजारमा लैजाने तयारी रहेको र माछाबाट करिब रु. १५ लाख आम्दानी हुने उहाँले बताउनुभयो । सबै गरेर एक बर्षको आम्दानी करिब रु डेढ करोड हुने उहाँको दाबी छ । 

दाजुहरु अलग बसिसकेका, दिदीबहिनीको विवाह भइसकेकाले एक्लैले बाबुआमा र परिवारको जिम्मेवारी सम्हालेर परिवारको समेत सहयोगबिना अनिताले विदेशको रु एक लाख ५० हजारको तलब छाडेर स्वदेशमै कृषि फार्म दर्ता गरी पशुपक्षी पालिरहनुभएको छ । सानै उमेरमा नै घर त्यागेर तत्कालीन माओवादी सेनामा लाग्नुभएकी २६ वर्षीया उहाँ शान्ति सम्झौता र सेना समायोजन पश्चात दुबई प्रहरीमा पाँच वर्ष काम गरेर आम्दानी गर्नुभएको रु एक करोड कृषिमा लगानी गर्ने सोचले एक वर्ष अगाडि नेपाल फर्कनुभएको हो ।   

उहाँले भन्नुभयो, “त्यहाँ लगानी जम्मा नहुञ्जेलसम्म काम गरेँ, आफूसँग गाँउमा नै काम गर्न लगानी भएपछि कृषि गर्छु भनेर फर्केकी हुँ, कृषिमा लगानी गरेमा लगानी उठ्नेमात्र होइन, मनग्य आम्दानी हुने रहेछ ।” उहाँले १० कट्ठा आफ्नै तथा १० कट्ठा लिजमा लिएर एक बिघा जमीनमा एक वर्षअघि कृषि फार्म शुरु गर्नुभएको हो ।

उहाँको फार्ममा एक व्यवस्थापकसहित तीन कर्मचारी छन् । व्यवस्थापनका लागि समय मिलेसम्म आफैँ खटिने गरेको र कर्मचारीबाहेक समय समयमा अन्य व्यक्तिबाट पनि काम लिने गरेको उहाँको भनाइ छ । नजिकै सुकुम्वासी बस्ती रहेका कारण कामदारको अभाव नहुने उहाँ बताउनुहुन्छ । अहिले व्यवसायले सन्तुष्टि दिइरहेको र अझै बढाएर यही पेशालाई निरन्तरता दिने उहाँको सोच छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु