2026-10-16 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ दिनभित्र विवरण पठाउन म्यानपावरहरुलाई विभागको निर्देशन, नपठाए कारोवार रोक्का हुने

कार्त्तिक ५, काठमाडौं । वैदेशिक रोजगार विभागले आवश्यक जानकारी उपलब्ध गराउन ८ सय ५४ वटै म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । गत भदौ १८ गते अगाडि एक आपसमा गाभिएका र तोकिएको धरौटी र बैंक ग्यारेन्टी राखी सञ्चालनमा रहेका म्यानपावर कम्पनीहरुलाई सात दिनभित्र आफ्नो संस्थासँग सम्बन्धित सबै जानकारी सहित सञ्चालक र कर्मचारीहरुको विवरण अध्यावधिक गर्न विभागले निर्देशन दिएको हो । 

विभागले एक सूचना जारी गर्दै सात दिनभित्र विवरण नबुझाउने म्यानपावर कम्पनीहरुको कारोवार रोक्का राखिने चेतावनी समेत दिएको छ । विभागले म्यानपावर कम्पनी अंग्रेजी र नेपाली भाषामा संस्थाको नाम र लाइसेन्स नम्बर, संस्थाको ठेगाना, ल्याण्डलाईन नम्बर र मोबाइल नम्बर, इमेल ठेगाना, सञ्चालकको संख्या र गाभिएका म्यानपावर कम्पनीहरुको विवरण पेश गर्न भनेको छ ।

त्यसैगरी विभागले सञ्चालकको नाम थर, स्थायी तथा अस्थायी ठेगाना, कम्पनीमा रहेको शेयरको हिस्सा, सञ्चालक भएको मिति, मोबाईल तथा ल्याण्डलाईन नम्बर उपलब्ध गराउन आग्रह गरेको छ । विभागले कर्मचारीहरुको हकमा पनि नाम थरका साथसाथै स्थायी तथा अस्थायी ठेगाना, पद, नियुक्ति मिति सहित मोबाईल तथा ल्याण्डलाईन नम्बर सहितको विवरण पेश गर्न भनेको छ । विभागले उल्लेख गरे अनुसारको विवरण तयार पारेपछि विभागको इमेलमा विद्युतीय प्रति पेश गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु