२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खारेजीमा परिसकेको ‘सी लिंक ओभरसिज’ म्यानपावरमा कार्यालयमा सिलबन्दी

५ कार्तिक २०७६, मंगलवार १५:४०

कात्तिक ५, काठमाडौँ | विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था वमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुलाई  वैदेशिक रोजगार विभागले मिति २०७६/०५/२९ मा सूचना प्रकाशित गरी दिएको निर्देशन विपरित त्यस्ता कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको छ।

का.म.न.पा वडा नं ४ चप्पलकारखाना स्थित Sea Link Overseas Services Pvt. Ltd को इजाजतपत्र स्वतः रद्द भएको भएतापनि हाल सम्म पनि सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाईपाउ भनी निमिका शेर्पा समेत ७ जनाले दिएको उजुरीको सम्वन्धमा विभागले कार्तिक ४ गते उक्त स्थानमा आकस्मिक अनुगमन टोली खटाएको थियो। 

अनुगमन टोली विगतमा प्रा.लि.को कार्यालय रहेको भवनमा पुग्दा करिव ७०/८० जना व्यक्तिहरु प्रा.लि.लाई वुझाएको राहदानी र रकम फिर्ता पाउने आशमा प्रा.लि.को  भवन परिसरमा कुरिरहेको पाइएको थियो।तर उक्त प्रा.लि.ले विभागको निर्देशन विपरित हालपनि कार्यालय खडा गरी वैदेशिक रोजगारमा पठाईदिने भनी व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेलापरेको छ।

अनुगमन टोली आएको थाहा पाएपछि प्रा.लि.को संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्कविहिन भएको हुँदा प्रा.लि.मा रहेका राहदानी र व्यक्तिहरुले रकम वुझाएको प्रमाण भएका कागजातहरु सुरक्षित गर्नको लागि घर धनी ,पत्राकार र सुरक्षाकर्मीको रोहवरमा प्रा.लि. रहेकको घरलाई सिलवन्दी गरिएको छ।

यस भन्दा अघि पनि भदौ २४ गते वौद्ध प्रहरीले उक्त प्रा.लि.ले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित प्रा.लिका कर्मचारीलाई वौद्ध क्षेत्रवाट नियन्त्रणमा लिई वैदेशिक रोजगार विभागमा मानिस सहित राहदानी वुझाएको थियो जसको हाल विभागले विस्तृत अनुसन्धान गरिरहेको छ भने फरार संचालक बिरुद्ध विभागले कानूनी कारवाही अघि बढाएको छ।

पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमामा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी सोझासाझा व्यक्तिहरुलाई झुक्याई राहदानी र रकम वुझ्ने काम गरिरहेको भन्ने मौखिक गुनासो प्राप्त भएको छ। त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थाबारेमा जानकारी प्राप्त गर्ने जुनसुकै व्यक्तिले वैदेशिक रोजगार विभागमा जानकारी गराउन विभागले सबैमा अनुरोध गरेको छ। त्यस्ता ठगी धन्दा चलाउनेहरु बिरुद्ध कानून बमोजिम हदैसम्मको कारबाही गर्ने तयारीमा विभाग रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड पोखराले गुमायो तेस्रो विकेट, भुर्तेल १० रनमा आउट सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा बेपत्ता बुढाथोकी एक सातापछि कावेली खोलामा मृत भेटिए पोखराले गुमायो दोस्रो विकेट, पावर प्लेमा जोड्यो ५२ रन रास्वपाका नेताहरुविरुद्धको अवहेलना मुद्दामा मंगलबार सुनुवाइ हुँदै रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रतिपक्षी दलका नेता बोल्नु बेठिक : गृहमन्त्री लेखक रवि लामिछानेमाथि गरिएको व्यवहार निन्दनीय: कांग्रेसका नेता शर्मा कर्णालीविरुद्ध पोखराले सुरुवातमा ब्याटिङ गर्ने लुम्बिनीका कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित