2026-10-16 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाटै पुन:श्रम स्वीकृति: के गर्दैछ श्रम मन्त्रालय ? किन हुँदैछ ढिलाई ?

मनोज पराजुली ,कार्त्तिक ६, काठमाडौं । बैदेशिक रोजगारीमा विदेश गएका कामदारको लागि विदेश बाट नै श्रम स्वीकृति दिने कार्य अझै अनिश्चित बनेको छ । मन्त्रालयगत समन्वय र अनलाइन सिस्टममा आवश्यक प्राविधिक व्यवस्था गर्न नसक्दा विदेश बाट नै श्रम स्वीकृति दिने कार्यका लागि कामदारहरुले अझै केहि समय कुर्नुपर्ने देखिएको छ ।

सरकारले पुन: श्रम स्वीकृति कै लागि नेपाल आउनुपर्ने बाध्यता हटाउनको लागि बैदेशिक रोजगार नियमावलीको पाँचौं संसोधन गर्दै विदेश बाट नै श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । विदेशस्थित राजदुतावास र कुटनैतिक नियोगहरु मार्फत नै श्रमिकले रि-इन्ट्रीको ब्यबस्था गर्न सक्नेगरि नियमावली संसोधन गरिएपनि आवश्यक तयारी पुरा हुन सकेको छैन । तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मी श्रम मन्त्रालयले गर्नुपर्ने आवश्यक व्यवस्था गरिसकेको बताउँछन् । श्रम मन्त्रालयले अफ्ठ्यारा फुकाउने हो, नियमावली संसोधन भईसक्यो उनले भने’अरु प्रक्रियागत कुराहरुमा नियोगहरुबाट पत्र आएमा हेर्छौं ।’

श्रम मन्त्रालयसंग सहकार्य गर्दै श्रम स्वीकृति दिने कार्यका लागि सहजीकरण गर्न सबै राजदुतावास र कुटनैतिक नियोगहरुलाई पत्राचार गरिसकेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले बताए । अनलाइन र भुक्तानीको विषयमा कुरा मिलिनसकेको बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई बताउँछन् । दुतावासहरुमा सिस्टम कुरा पुगिनसकेको तथा कर्मचारीको व्यवस्था गर्नुपर्ने विषयमा परराष्ट्र मन्त्रालयसंग कुरा भैरहेको उनले बताए । अनलाइन सिस्टमका विचमा लिंक गर्ने काम भैरहेको उनको भनाई छ ।

एक कामदारले कम्तिमा दुई पटक सम्म विदेशमा नै श्रम स्वीकृति (रि-इन्ट्री) गर्न सक्ने व्यवस्था गरेको छ । आफ्नो भिसा अबधि थपेर विदेसमा थप अवधिसम्म काम गर्नेहरुलाई  सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु